+
+
Shares

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५० हजार नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २७ गते ११:४१

२७ कात्तिक, काठमाडौं । बेलायतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ ।

बेलायतको सरकारी तथ्यांक अनुसार अहिलेसम्म बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५० हजार ३६५ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र बेलायतमा कोरोनाबाट ५९५ जनाको मृत्यु भएको छ ।

बेलायत मृतक संख्याको आधारमा कोरोनाबाट सबैभन्दा प्रभावित पाँचौं मुलुक हो । अमेरिकामा कोरोनाबाट सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ । त्यसपछि ब्राजिल, भारत र मेक्सिकोमा सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ ।

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले भनेका छन्, ‘तथ्यांकले हामीहरु अझै समस्याबाट बाहिर नआएको देखाएको छ ।’

महामारी सुरु भएपछि अहिलेसम्म बेलायतमा १२ लाखभन्दा धेरै कोरोना संक्रमित फेला परिसकेका छन् । अहिलेसम्म एक लाख ८५ हजारभन्दा धेरै संक्रमितको उपचार अस्पतालमा गरिएको थियो ।

-स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?