Comments Add Comment

कोरोनाको लहर रोक्न न्युयोर्कमा नयाँ नियम

२७ कात्तिक, काठमाडौं । अमेरिकाको न्युयोर्कमा कोरोना भाइरस (कोभिड–१९) को नयाँ लहर नियन्त्रणका लागि सामाजिक गतिविधिमा प्रतिबन्धको नयाँ नियम ल्याइएको छ ।

न्युयोर्कका मेयर बिल दे ब्लासिओले चेतावनी दिँदै कोरोना संक्रमणको दोस्रो लहर रोक्ने यो अन्तिम मौका भएको बताएका छन् ।

अहिले ल्याइएको नयाँ नियम अनुसार अब बार र जिम राति १० बजे बन्द हुनेछन् । १० जनाभन्दा धेरै मानिसहरुको भिडमा रोक लगाइएको छ । अमेरिकामा कोरोनाका नयाँ संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भएको छ । मंगलबार ६१ हजार ९६४ मानिसलाई अस्पतालमा भर्ना गरिएको थियो । अमेरिकामा कोरोनाको कारण प्रत्येक दिन औसतमा नौ सय मानिसको मृत्यु भइसकेको छ ।

नोभेम्बरमा मात्र अमेरिकामा १० लाखभन्दा धेरै संक्रमित थपिइसकेका छन् । अहिलेसम्म अमेरिकामा कोरोना संक्रमितको संख्या १० लाख नाघिसकेको छ ।

त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या पनि दुई लाख ३९ हजार नाघिसकेको छ । जानकारहरुका अनुसार छिटै नै अमेरिकाको अस्पतामा कोरोना संक्रमितको भिड लाग्न सक्ने सम्भावना धेरै छ ।

अमेरिकाको टेक्सास, विस्कोन्सिन, मिनेसोटो, क्यालिफोर्निया र फ्लोरिडामा कोरोनाका नयाँ संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment