Comments Add Comment

बंगलादेशविरुद्ध विकास खवासले डेब्यु गर्दै

२८ कात्तिक, काठमाडौं । युवा डिफेन्डर विकास खवासले बंगलादेशविरुद्ध खेलमार्फत राष्ट्रिय टिममा डेब्यु गर्ने भएका छन् । दुई खेलको मैत्रीपूर्ण सिरिज अन्तर्गत शुक्रबार ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा हुने पहिलो मैत्रीपूर्ण खेलबाट विकासले सिनियर टिममा डेब्यु गर्ने भएका हुन् । विकाससहित ८ नयाँ खेलाडी नेपाली टिममा भएपनि उनले पहिले अवसर पाएका हुन् ।

विकास राष्ट्रिय टिममा पनि पहिलो पटक परेका हुन्  ।  त्रिभुवन आर्मी क्लबबाट घरेलु फुटबल खेल्ने विकास नेपाल यू-२३ टिमबाट खेलिसकेका छन् । गत डिसेम्बरमा नेपालले घरेलु मैदानमा १३ औं दक्षिण एसियाली खेलकुद सागमा फुटबलतर्फ स्वर्ण पदक जित्दा उनी टिममा थिए ।

यस्तै एन्फा एकेडेमीको उत्पादन विकासले विभिन्न उमेर समूहमा नेपालको प्रतिनिधित्व गरिसकेका छन् । २०७५ सालमा भएको नन रेलिगेसनमा लिगमा विकास उत्कृष्ट युवा खेलाडी घोषित भएका थिए ।

टिममा रहेका सिनियर खेलाडीहरु कोरोना संक्रमित भएकाले यस पटक विकासले अवसर पाएका हुन् । विकास राइट ब्याकमा खेल्नेछन् भने लेफ्ट ब्याकमा सुमन अर्याल हुनेछन् अनन्त तामाङ र अजित भण्डारी सेन्टर डिफेन्समा हुनेछन् ।

मुख्य प्रशिक्षक बालगोपाल महर्जनले बंगलादेशविरुद्ध नेपाली टिमलाई ४-२-३-१ को फर्मेसनमा खेलाउँदैछन् । नवयुग श्रेष्ठ एक्लो स्ट्राइकरको रुपमा रहनेछन् भने मिडफिल्डमा अन्जन विष्ट, सुजल श्रेष्ठ र रवि पासवान छन् । विक्रम लामा र तेज तामाङ डिफेन्सिभ मिडफिल्डमा रहनेछन् ।

बंगलादेशविरुद्ध नेपाली टिम

किरण चेम्जोङ, विकास खवास, अजित भण्डारी, अनन्त तामाङ, सुमन अर्याल, विक्रम लामा, तेज तामाङ, रवि पासवान, सुजल श्रेष्ठ, अन्जन विष्ट र नवयुग श्रेष्ठ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment