Comments Add Comment

बटुकहरूको गाईपूजा (फोटोफिचर)

काठमाडौं । आज कात्तिक अमावास्या अर्थात् गाई पूजा । धनधान्यकी देवी लक्ष्मीको स्वरूप मानेर देशका विभिन्न स्थानमा गाईको पूजा गर्ने गरिएको छ ।

आइतबार काठमाडौंको पशुपतिस्थित वेदविद्याश्रममा रहेका बटुकहरूले पनि विधिपूर्वक गाई पूजा गरेका छन् । अरू वर्ष लक्ष्मीपूजाकै दिन गाईपूजा गर्ने चलन भए पनि तिथिअनुसार यो साल शनिबार नै लक्ष्मीपूजा सम्पन्न गरिएको छ ।

सांस्कृतिक मान्यता अनुसार यो पर्व पशुपालनको युगलाई प्रतिनिधित्व गर्ने पर्व हो । मानव विकासक्रमलाई जनाउन घुमन्ते युगको प्रतिनित्व गराउन कागपूजा, शिकारी युगलाई संकेत गर्न कुकुर पूजा गरिसकेपछि पशुपालनको युगमा प्रवेश गर्दा मान्छेले गाईपालन गर्ने गरेका थिए । त्यसैलाई जनाउनको लागि गाईपूजा गर्ने गरिएको मान्यता छ ।

धार्मिक मान्यता अनुसार पापी मान्छे वैतरणी नदी तर्न सक्दैन । तर हरेक वर्ष विधिपूर्वक गाईपूजा गर्ने मान्छे गाईको पुच्छर समातेर पनि नदी पार गरेर स्वर्ग लोक जान सक्छ भन्ने पौराणिक कथन छ । त्यसैले जनैपूर्णिमाको दिन बाँधेको रक्षाबन्धनलाई पनि यसैदिन गाईको पुच्छरमा बाँधेर विसर्जन गर्ने परम्परा छ ।

हेर्नुहोस् तस्वीरहरु

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment