Comments Add Comment

नेपालगञ्ज म्याराथनको पुरस्कार राशीमा वृद्धि, विजेताले ७५ हजार पाउने

३० कात्तिक, काठमाडौं । आगामी मंसिर ६ गते आयोजना हुने छैटौं नेपालगन्ज म्याराथनको विजेताले ७५ हजार  रुपैयाँ  पुरस्कार पाउने भएको छ ।

आयोजक क्रिएटिभ ह्यान्ड्स तथा क्रिएटिभ गन्ज मिडिया एण्ड इभेन्ट्सले शनिबार एक विज्ञप्ति जारी गर्दै पुरस्कार राशीमा वृद्धि गरिएको जनाएको छ ।

यस्तै दोस्रोले ३० हजार, तेस्रोले १५ हजार, चौथोले १०, पाँचौंले ८, छैटौंले ७, सातौंले ६ र आठौं हुनेले ५ हजार रुपैयाँ पाउनेछन् । यस पटक मयाराथनको विजेताले टोकियो ओलम्पिकमा सिधै भाग लिन पाउनेछ ।

कोरोना महामारीका कारण छनो^ प्रतियोगिता हुन नसकेकोले नेपाल ओलम्पिक कमिटी (एनओसी) ले नेपालगन्ज म्याराथनलाई ओलम्पिक छनोटका रुपमा समेत लिएको छ ।

नेपाल एथ्लेटिक्स संघबाट मान्यता प्राप्त नेपालगन्ज म्याराथन आयोजनाका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट स्वीकृति प्राप्त भइसकेको आयोजकले जनाएको छ ।

यसैगरी महिला हाफ म्याराथनको विजेताले ३०, दोस्राले १५, तेस्रोले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै चौथोलाई ७, पाँचौंलाई ६ र छैटौं हुनेलाई ५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

नेपालगन्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्ग बुढा, चौथो संस्करणमा नेपाल पुलिस क्लबका भुमिराज राई र सेनाका नवराज साउद विजेता भएका थिए ।

त्यस्तै महिला हाफ म्याराथनमा नेपालकी नम्बर एक धाविका कान्छीमाया कोजुले दुई संस्करणमा विजेता भइसकेकी छिन् । गत संस्करणमा सेनाकी पूर्णलक्ष्मी न्यौपानेले जितेकी थिइन् ।

कोराना भाइरसको महामारीको कारण ठूलो जमघट गर्न उपयुक्त नभएका कारण यसपटक केही इभेन्ट घटाइएको छ । यस पटक पुरुष खुल्लातर्फ म्याराथन, महिलाको हाफ म्याराथन र ३ किलोमिटरको कर्पोरेट रन मात्रै समावेश गरिएको छ ।

सरकार र सशस्त्र द्वन्द्वरत तत्कालिन माओवादीका बीचमा मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौताको स्मरणमा हरेक वर्ष नेपालगञ्ज म्याराथन आयोजना हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

‘राम सेतु’मा अक्षय

Advertisment