+
+
Shares

कुलेश्वरबाट ७ जुवाडे पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २ गते ९:१०

२ मंसिर काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १४ कुलेश्वरमा जुवा खेलिरहेका सात जना पक्राउ परेका छन् । जुवाखालबाट २ लाख ३८ हजार ८ सय ५० रुपैयाँ नगद र ७ लाख ९४ हजार ८ सय ७० रुपैयाँ बराबरको बिभिन्न बैंकका ११ थान चेक बरामद भएको छ ।

अबैध जुवा खेल्ने/खेलाउने कार्य भइरहेको भन्ने सूचनाको कुलेश्वरका शिव श्रेष्ठको घरबाट उनीहरुलाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रहरी नायव उपरीक्षक अपिलराज बोहोराले जानकारी दिए ।

डिएसपी बोहोराका अनुसार पक्राउ पर्नेमा कुलेश्वरका ४४ वर्षीय शिव श्रेष्ठ, काभ्रेको चौरीदेउराली–६ घर भई कुलेश्वर बस्ने ४४ वर्षीय यादव चौलागाई, धादिङको थाक्रे गाउँपालिका–८ घर भई कलंकी बस्ने ४१ वर्षीय राजु पौडेल, चितवनको भरतपुर–१३ घर भई कुलेश्वर बस्ने ३१ वर्षीय राजिव श्रेष्ठ, ४४ वर्षीय केशव प्रसाद मुडवरी, बाराको जितपुर घर भई कलंकी बस्ने ४१ वर्षीय श्याम तामाङ र कैलालीको बर्दगोरिया–३ घर भई कालीमाटी बस्ने २८ वर्षीय प्रेम बडुवाल छन् ।

पक्राउ परेकाहरुविरुद्ध जुवा ऐनअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?