+
+
Shares

सुरक्षा मापदण्ड अपनाउँदै स्विट्जरल्याण्डमा देउसी भैलो (भिडियोसहित)

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ३ गते १३:१४

जुरिख। स्वीस सरकार तोकेको सुरक्षा मापदण्ड अपनाउँदै स्विट्जरल्याण्डका नेपालीहरुले देउसी भैलो खेलेका छन् । कोरोना कहरकाबीच पनि आँफूहरु मात्र हैन स्वीस नागरिकहरुलाई पनि भैलो गीतमा नचाएका हुन्।

गतवर्ष झै यो पटक पनि सानो समूह बनाइ नेपाली मौलिकता झल्कने गरी देउसी भैलो खेलेको स्वीस निवासी एक नेपाली रेशम खत्रीले जानकारी दिए ।

उनले भने,’कोरोनाको कहरकाबीच पनि स्थानीय नियमको पालाना गर्दै आफ्नो परम्परालाई निरन्तरता दिएका हौ। प्रतिकुलतामा पनि अनुकुलता खोज्ने हाम्रो प्रयास हो। तर सबैलाई सजग र संयमित बन्न अनुरोध गर्दछौ।’

करिब २ दशकदेखि स्विट्जरल्याण्ड बस्दै आएका सुवर्णप्रसाद भट्टराईले देउसी भैलो यसपटक पनि प्रभावकारी बनेको बताए। ‘गत वर्षको देउसी भैलोमार्फत रुकुमको एक बालगृहका लागि सहयोग गरेका थियौं। अहिले समय अनुकुल नभए पनि निरन्तरता दिने प्रेरणा त्यहीबाट नै मिल्यो, ‘ उनले भने ।

देउसी भैलोमा सहभागीहरुले अनिबार्य मास्क प्रयोग गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?