Comments Add Comment

बालकलाई ठक्कर दिने मोटरसाइकल चालकलाई पक्राउ नगरेको भन्दै स्थानीय आन्दोलित

३ मंसिर, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएपछि स्थानीय आन्दोलित भएका छन् । बुधबार बिहानदेखि नै मृतक बालकका आफन्तले वीरेन्द्रनगर स्थित जुम्लारोडमा टायर बालेर सडक अवरुद्ध गरेका छन् ।

मोटरसाइकलले ठक्कर दिँदा वीरेन्द्रनगर–१, का ३ वर्षीय बालक समीर नेपालीको मंगलबार बेलुका मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । ती बालकको मंगलबार नै मृत्यु भएको थियो ।

बालकलाई ठक्कर दिने मोटरसाइकल र चालकलाई अहिलेसम्म पनि प्रहरीले नियन्त्रणमा लिन नसकेको भन्दै उनीहरु आन्दोलित भएका हुन् । बालकको शव अझै पनि कर्णाली अस्पतालमै रहेको मृतकका आफन्तले बताएका छन् । ठक्कर दिने मोटरसाइकल चालकलाई पक्राउ गरी कारबाही गर्नुपर्ने र पीडित परिवारलाई उचित क्षतिपूर्ती उपलब्ध गराउनु पर्ने माग उनीहरुले राखेका छन् ।

डीएसपी घर्तीले भने बालकलाई ठक्कर दिने मोटरसाइकल र चालकको खोजीकार्य जारी रहेको बताए । ‘मोटरसाइकल र चालक दुवैको खोजी भइरहेको छ । आन्दोलनबाट हुने क्षति न्यूनिकरण गर्न हामीले प्रहरी परिचालन गरेका छौं ।’ डीएसपी घर्तीले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment