Comments Add Comment

गुल्मीको रेसुङ्गामा फेरि लकडाउन गरिने

४ मंसिर, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकामा आगामी बिहीबार राति १२ बजेदेखि लकडाउन गरिने भएको छ ।

नगरपालिकामा कोरोना भाइरस संक्रमण बढ्दै गएको भन्दै आगामी बिहीबार राति १२ बजेदेखि यही मंसिर १३ गते राति १२ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको मेयर डिल्लीराज भुसालले जानकारी दिए । संक्रमणको जोखिम कम गर्न नगरपालिकामा गर्न लागिएको उनले बताए ।

लकडाउनको अवधिमा एम्बुलेन्स, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, इन्धन, सरसफाइ, स्वास्थ्यसेवा तथा औषधी पसलहरु पूर्ववतरुपमा सञ्चालन हुने र नगरपालिकाका सम्पूर्ण वडा तथा नगरपालिका कार्यालयबाट अत्यवाश्यकबाहेक अन्य सेवाहरु बन्द गरिने नगरपालिकाले जनाएको छ ।

नगरक्षेत्रभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुमा पठनपाठन पूर्णरुपमा बन्द गर्ने, माध्यमिक शिक्षा उर्त्तीण परीक्षा -कक्षा १२ को अन्तिम परीक्षा) राष्ट्रिय परीक्षा बोर्डबाट संचालन र व्यवस्थापनमा यही मंसिर ९ गतेबाट नै निर्देशित कार्यविधि, मापदण्ड र समय समयमा दिइएका जिम्मेवारी अनुसार सञ्चालन गरिने भएको छ ।

तरकारी, फलफूल, दुध तथा दूधजन्य पदार्थको बिक्री वितरण जनस्वास्थ्य मापदण्डको पूर्णपालना गर्दे बिहान ७ः०० बजेदेखि ९ः०० बजेसम्म र साँझ ५ः०० बजेदेखि ६ः३० बजेसम्म सन्चालन गर्ने, अन्य पसलहरुले स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गरी दैनिक बिहान ७ः०० बजेदेखि बिहान ९ः०० बजेसम्म मात्र सञ्चालन गर्न समेत रेसुङ्गा नगरपालिकाले अनुरोध गरेको छ ।

बढी मानिस जमघट हुने स्थानमा १० जनाभन्दा बढी भेला नहुने, उद्योगधन्दा, निर्माणकार्य जुन स्थानमा भएको छ सोही स्थानमा कामदारहरुलाई खाने बस्ने व्यवस्था मिलाई सञ्चालन गर्न नगरपालिकाले आग्रह गरेको छ ।

अन्य स्थानबाट आउने सवारी साधनहरु रेसुङ्गा नगरपालिकाको निश्चित पार्किङस्थल बाहेक अन्य स्थानमा नरोक्ने, सम्पूर्ण नगरवासीहरु अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कने रेसुङ्गा नगरपालिकाको जारी सूचनामा उल्लेख छ ।

बैंक तथा वित्तीय संस्थाहरुले अत्यावश्यक सेवा स्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालन गर्ने, शारीरिक व्यायाम, खेलकुद तथा अन्य गतिविधिहरु लकडाउन अवधिभर जमघट भएर नगर्न नगरपलिकाले आग्रह गरेको छ ।

नियमको पालना नगरेको पाइएमा संक्रामक ऐन, २०२० बमोजिम कारबाही हुने नगरपालिकाले जनाएको छ ।

अहिलेसम्म रेसुङ्गा नगरपालिकामा कोरोना भाइरस संक्रमितको संख्या १७७ पुगेको छ । संक्रमितमध्ये १३६ जनाले कोरोना भाइरस जितेर घर फर्किएका रेसुङ्गा नगरपालिका स्वास्थ्य शाखा प्रमुख बोम अर्यालले जानकारी दिए ।

अहिले यस नगरपालिकामा संक्रिय सक्रमितको संख्या ४१ जना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment