+
+
Shares

रेसुङ्गामा खुला रूपमा माछा-मासु र दुग्धजन्य पदार्थ ढुवानी गरे कारबाही हुने

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ३० गते १३:१२

३० जेठ, गुल्मी । रेसुङ्गा नगरपालिकाले माछा, मासु, दूध, दहीलगायत खाद्य तथा दुग्धजन्य पदार्थ खुला तथा अस्वास्थ्यकर ढङ्गले ढुवानी गर्न रोक लगाएको छ ।

नगरपालिकाले सूचना जारी गर्दै बधशालादेखि बिक्री स्थलसम्म तथा एक स्थानबाट अर्को स्थानमा खाद्यजन्य वस्तुहरू सामान्य प्लास्टिकमा राखी झुण्ड्याएर, खुला रूपमा वा अस्वास्थ्यकर तरिकाले ओसारपसार गर्ने गरिएको गुनासो तथा अनुगमनका क्रममा यस्ता गतिविधि फेला परेको जनाएको छ।

नगरपालिकाका सूचना प्रविधि अधिकृत सुरेश खनालका अनुसार यस्तो कार्यले खाद्य स्वच्छता र गुणस्तरमा असर पार्नुका साथै जनस्वास्थ्यमा जोखिम बढाउने तथा प्रचलित कानुन र मापदण्डको उल्लङ्घन हुने भएकाले बताए ।

अबदेखि यस्ता सामग्री ढुवानी गर्दा अनिवार्य रूपमा स्वच्छ, सुरक्षित, चुहावट नहुने र पूर्ण रूपमा ढाकिएको मापदण्डअनुसारको कन्टेनर, क्रेट, बाकस वा उपयुक्त प्याकेजिङ सामग्री प्रयोग गर्नुपर्ने नगरपालिकाले जनाएको छ ।

सूचनामा खाद्य तथा दुग्धजन्य पदार्थको उत्पादन, बिक्री तथा ढुवानीमा संलग्न सबै व्यवसायी, व्यापारी, उत्पादक र ढुवानीकर्तालाई मापदण्ड पालना गर्न आग्रह गरिएको छ।

नगरपालिकाले सूचनाको अवज्ञा गर्दै खुला, असुरक्षित वा अस्वास्थ्यकर ढङ्गले खाद्य सामग्री ओसारपसार गरेको पाइएमा आवश्यक अनुगमन गरी प्रचलित कानुनबमोजिम जरिवाना, वस्तु जफत तथा अन्य कानुनी कारबाही गरिने चेतावनी दिएको छ।

नगरपालिकाको यो कदम खाद्य स्वच्छता कायम गर्दै उपभोक्ताको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले अघि सारिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?