Comments Add Comment

विराटनगरका अस्पतालमा थप ३ संक्रमितको मृत्यु

५ मंसिर, विराटनगर । कोरोना संक्रमणका कारण विराटनगरका अस्पतालमा थप तीन जनाको मृत्यु भएको छ ।

मोरङको बूढीगंगा गाउँपालिकामा रहेको विराट शिक्षण अस्पताल दुई र विराटनगरको नोबेल शिक्षण अस्पतालमा एकजनाको मृत्यु भएको हो ।

भारतको साहेवगञ्ज घर भएका ७० वर्षीय वृद्धको उपचारका क्रममा बिहान ६ः५० बजे विराट शिक्षण अस्पतालमा मृत्यु भएको छ । बुधबार श्वासप्रश्वासमा समस्या भएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो ।

पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएपछि उनलाई उपचारका लागि कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनलाई बिहीबार कोरोना पुष्टि भएको हो ।

सुनसरीको इटहरी उपमहानगरपालिका–५ का ८८ वर्षीय वृद्धको बिहान ५ः५० बजेतिर मृत्यु भएको छ । वृद्धमा २७ कात्तिकमा कोरोना पोजेटिभ देखिएको थियो ।

कोरोना पुष्टि भएपछि उपचारका लागि विराटको आइसोलेसनमा भर्ना गरिएका वृद्धको उपचारकै क्रममा ज्यान गएको हो । अस्पतालका अनुसार मृतकमा मधुमेह र उच्च रक्तचापको पुरानै समस्या थियो ।

झापाको गौरादह नगरपालिका–८ का ६३ वर्षीय वृद्ध पुरुषको नोबेल शिक्षण अस्पतालमा बिहान ७ः३० बजेतिर मृत्यु भएको छ । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि उनलाई उपचारका लागि बुधबार अस्पताल भर्ना गरिएको थियो । पीसीआर परीक्षण गराउँदा बिहीबार रिपोर्ट पोजिटिभ आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment