Comments Add Comment

बीएडको परीक्षा होम सेन्टरमा (तालिकासहित)

६ मंसिर, काठमाडौं । बीएड प्रथम र छैठौं सेमेस्टरको परीक्षा सम्बन्धित क्याम्पसमै हुने भएको छ । त्रिभुवन विश्वविद्यालय, शिक्षा संकाय, परीक्षा नियन्त्रण महाशाखाले काठमाडौं उपत्यका बाहिर ‘होम सेन्टर’मा परीक्षा सञ्चालन गर्न लागेको हो ।

काठमाडौं उपत्यकाका लागि भने ताहचालस्थित महेन्द्ररत्न क्याम्पस, कुलेश्वरस्थित जनमैत्री क्याम्पस र भक्तपुरस्थित सानोठिमी क्याम्पसलाई केन्द्र तोकिएको छ ।

बीएड प्रथम सेमेस्टरको १७ पुस र छैठौं सेमेस्टरको परीक्षा २० पुसदेखि सुरू हुने भएको छ ।

एमएडको परीक्षा केन्द्र तोक्न बाँकी

परीक्षा नियन्त्रण महाशाखाका अनुसार एमएड दोस्रो सेमेस्टरको परीक्षा ३० मंसिरबाट सुरू हुँदैछ । नोवेल कोरोना भाइरस -कोभिड-१९)का कारण गत चैतमा स्थगित भएको खुल्ला तथा दुर सिकाइ समेतको परीक्षा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न लागेको महाशाखाले जानकारी दिएको छ ।

एमएडपरीक्षा केन्द्र केही दिनमा निर्धारण हुने परीक्षा नियन्त्रण महाशाखाले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment