+
+

विप्लव समूहको पुनर्गठन दिवस लक्षित गरेर सुरक्षा व्यवस्था कडा

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ७ गते १६:००
फाइल तस्वीर

७ मंसिर, काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सातौं पुनर्गठन दिवस मनाइरहँदा नेपाल प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।

प्रहरीको विशेष ब्युरोले विप्लव समूहका नेतामाथि निगरानी बढाएको छ भने सडकमा समेत सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले पनि चेकजाँच र प्रहरी उपस्थितिमा कडाइ गरिएको बताए ।

सशस्त्र प्रहरीले पनि ठाउँठाउँमा टोली परिचालन गरेको छ । सादा पोशाकका टोली पनि परिचालित छन् । राष्ट्रिय अनुसन्धान विभागले पनि समूहका सम्भावित गतिविधिमाथि निगरानी बढाएको छ ।

विप्लव समूहले आफ्नो पुनर्गठन दिवस ६, ७ र ८ मंसिरमा देशभर प्रदर्शन सभा र उत्सव मनाउने घोषणा गरेको छ । त्यसक्रममा कुनै अप्रिय एवं आपराधिक क्रियाकलाप पनि हुनसक्ने विश्लेषणसहित सुरक्षा व्यवस्था कडा पारिएको हो ।

ब्युरोले अर्थ विभागका सदस्य प्रेम दर्नाल ‘विकल्प’ र सञ्जिव नेपाली ‘सुवर्ण’लाई समेत पक्राउ गरेको छ । समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले एक विज्ञप्ति जारी गर्दै दुवैको रिहाइको मागसमेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?