+
+
Shares

एमसीसीविरुद्ध माइतीघरमा २२ दलको प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ७ गते १८:२७

७ मंसिर, काठमाडौं । मिलिनियम च्यालेन्ज कर्पाेरेश (एमसीसी) परियोजना खारेजीको माग गर्दै आइतबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।

विभिन्न २२ दलको संयुक्त आयोजनामा भएको प्रदर्शनमा एमसीसी परियोजना राष्ट्रघाती भएको भन्दै प्रदर्शन भएको हो ।

एमसीसीको विरोधका साथै लिम्पियाधुरा-कालापानी-लिपुलेक, सुस्ता, महेशपुरलगायत भूभागमाथि नेपालको स्वामित्व कायम गर्नुपर्ने माग गरिएको थियो ।

प्रदर्शनकारीले कोभिड-१९ को रोकथाम, नियन्त्रण र निःशुल्क उपचार, बेरोजगार र विपन्न वर्गलाई खानालगायत न्यूनतम सुविधा एवं रोजगारीको व्यवस्था, निःशुल्क शिक्षा तथा स्वास्थ्यको व्यवस्था, उखु किसानको बक्यौता रकम तुरुन्त भुक्तानी गर्नेलगायतका माग पनि राखेका छन् ।

प्रदर्शनमा  नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले), राष्ट्रिय जनमोर्चा, नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जागरण मञ्चलगायत सहभागी थिए ।

तस्वीर : आर्यन धिमाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?