+
+
Shares

संसद अधिवेशन सुरु गर्न तयार छौं : सभामुख सापकोटा

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ८ गते १३:४८

८ मंसिर, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदको हिउँदे अधिवेशन सुरु गर्न आफूहरु तयार रहेको बताएका  छन्  ।

संसद सचिवालयमा पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले कोरोना महामारीको समयमा संसद चलाउन विभिन्न विकल्पसहित तयारी अवस्थामा रहेको बताए ।

‘सकेसम्म चाडो संसद राख्नका लागि छलफल हुँदैछ । संसद सञ्चालनका लागि धेरै विकल्पहरु एक, दुई, तीन गरेर सबै तयारी गरिएको छ’ संसद सचिवालयमा सांसद मोहन पाण्डेको सपतपछि उनले भने ।

हिउँदे अधिवेशनमा सरकारले ल्याएका अध्यादेशबारे पनि छलफल हुने सभामुख सापकोटाले बताए । बजेट पारित गरेपछि सकिएको संसद अधिवेशन अहिलेसम्म आह्वान गरिएको छैन ।

संसदको अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने व्यवस्था छ ।

‘संसद सञ्चालनका लागि सचिवालय तयार छ, सरकारले बोलाउँदा हुन्छ भन्न खोजेको हो ?’ भन्ने पत्कारको प्रश्नमा सभामुखले सापकोटाले भने, ‘हामी हाम्रो तयारीमा छौँ । सरकारसित पनि कुरा चलिरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?