+
+

कपडामा आइरन लगाउने क्रममा करेन्ट लाग्दा एकजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ८ गते १७:५८

८ मंसिर, काठमाडौं । पर्सामा कपडामा आइरन लगाउने क्रममा करेन्ट लागेर सोमबार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका-११ श्रीपुर डेरा गरी बस्ने बिन्दबासिनी गाउँपालिका-४ अमरपट्टी घर भएका २० वर्षीय योगेश्वर साह रहेका छन् ।

कपडामा आइरन लगाउने क्रममा करेन्ट लागेर अशक्त भएका उनको उपचारका लागि नारायणी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?