Comments Add Comment

प्रिमियर लिग : साउथह्याम्पटन बराबरीमा रोकियो, बर्नलीको पहिलो जित

९ मंसिर, काठमाडौं । प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा साउथह्याम्पटन वल्भ्ससँग बराबरीमा रोकिएको छ । वल्भ्सको मैदानमा साउथह्याम्पटनले पहिलो अग्रता लिए पनि जोगाउन नसक्दा वल्भससँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

मोनिलक्स मैदानमा भएको खेलको पहिलो हाफमा दुवै टोलीबाट गोल हुन सकेन । ५८औं मिनेटमा थियो वाल्कोटले गोल गर्दै साउथह्याम्पटनलाई अग्रता दिलाएका थिए । तर ७५औं मिनेटमा पेड्रो नेटोले घरेलु टोली वल्भसका लागि बराबरी गोल फर्काए ।

बराबरीपछि साउथह्याम्पटनले तेस्रो स्थानमा उक्लने मौका गुमाएको छ । बराबरीपछि ९ खेलबाट १७ अंक जोडेको साउथह्याम्पटन पाँचौ स्थानमा छ । समान खेलबाट १४ अंक जोडेको वल्भ्स नवौं स्थानमा उक्लेको छ ।

उता बर्नलीले प्रिमियर लिगमा यस सिजनकै पहिलो जित हात पार्ने क्रममा क्रिस्टल प्यालेसलाई १-० ले पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलमा क्रिस उडले आठौं मिनेटमै गरेको गोल बर्नलीलाई ३ अंक दिलाउन पर्याप्त बनेको थियो ।

सिजनको पहिलो जितपछि ८ खेलबाट ५ अंक जोडेको बर्लनी १७औं स्थानमा उक्लेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment