Comments Add Comment

हवाई उडानमा कोरोना खोप अनिवार्य आवश्यक पर्न सक्छ : क्वान्टास

९ मंसिर, काठमाडौं । अस्ट्रेलियाको ध्वजावाहक एयरलाइन्स कम्पनी क्वान्टासले अफ्नो उडानमा यात्रा गर्ने यात्रुहरुका लागि भविष्यमा कोरोना खोप लिनु अनिवार्य बन्न सक्ने बताएको छ । क्वान्टासका प्रमुख एलान जोयसले खोप आएपछि यो व्यवस्था आवश्यक पर्नसक्ने बताएका हुन् । उनले आगामी भविष्यमा यो निकै सामान्य विषय बन्न सक्ने विश्वास व्यक्त गरे ।

अस्ट्रेलियाले कोरोना भाइरसको महामारी सुरु हुँदै गर्दा विश्वका अन्य मुलुकसँगको सीमा बन्द गर्ने निर्णय गरेको थियो । साथै बाहिरी मुलुकबाट आउने मानिसहरुलाई पनि क्वारेन्टिनको व्यवस्था गरिएको छ । अस्ट्रेलियाले लकडाउन गर्ने, परीक्षण र कन्ट्याक्ट ट्रेसिङ व्यापक बनाउनेजस्ता आक्रामक योजना ल्याउँदै मुलुकमा कोरोा संक्रमण शून्यमा झार्न सफल भएको छ ।

सोमबार अस्ट्रेलियाको नाइन नेटवर्कलाई दिएको अन्तर्वार्तामा जोयसले आफ्नो विमानमा यात्रा गर्ने मानिसहरुलाई सबैभन्दा पहिला कोरोना खोप लिन आग्रह गरिने बताएका हुन् । उनले यो जरुरी पनि हुने बताए । यसअघि गत अगष्ट महिनामा अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मौरिसनले अष्टे्रलियामा कुनै पनि सफल खोप लिनु अनिवार्य हुने नियम आउन सक्ने बताएका थिए ।

सोमबार अस्ट्रेलियाको न्यु साउथ वेल्सले आफ्नो भिक्टोरिसँगको सीमा खोल्ने निर्णय गरेको थियो । गत जुलाईमा भिक्टोरियामा कोरोना संक्रमण बढेसँगै न्यु साउथ वेल्सले आफ्नो भिक्टोरियासँगको सीमा बन्द गरेको थियो । अस्ट्रेलियामा अहिलेसम्म करिब २८ हजार कोरोना संक्रमित फेला परेका छन् भने करिब नौ सय मानिसको कोरोनाबाट मृत्यु भएको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment