Comments Add Comment

एफएनसीसीआई चुनाव– तीन ठाउँमा मतदान हुने, कोरोना संक्रमितले पनि भोट हाल्न पाउने

१० मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी १३ गते हुने निर्वाचनका लागि तीन स्थान तय भएको छ । यस अघि तोकिएका तीन स्थानमा नै मतदान गराउने महासंघको निर्वाचन समितिले निर्णय गरेको हो ।

महासंघको सचिवालयले दिएको जानकारी अनुसार महासंघको कार्यालय टेकु, कार्की व्याङकेट बबरमहल र प्रज्ञा प्रतिष्ठान कमलादीमा निर्वाचनका कार्यक्रमहरू गरिनेछ ।

कोभिड १९ र सरकारले तोकेको स्वास्थ्य मापदण्डलाई द्धिष्टिगत गर्दै भिन्दा भिन्दै ठाउँमा निर्वाचनका कार्यक्रम तय गरिएको महासंघले जनाएको छ ।

शनिबार विहान ८ बजेदेखि मतदान शुरु हुने निर्वाचन समितिले जानकारी दिएको छ । सो निर्वाचन भने समूहगत रुपमा छुट्टाछुट्टै स्थान तोकिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा उद्योग वाणिज्य समूह, कार्की व्याङकेट माइतीघरमा एशोसिएट सदस्य समूह र नेपाल उद्योग वाणिज्य महासंघको सचिवालय, टेकुमा बस्तुगत संघ समूहको मतदानको व्यवस्था मिलाइने भएको छ ।

महासंघको निर्वाचनमा कोरोना संक्रमित मतदाताहरुले पनि मतदान गर्न पाउने भएका छन् । कोभिड—१९ पोजेटिभ देखिएका मतदाताहरुले आफैले मतदान गर्नुपर्ने अवस्थामा (तीनै समूहका मतदाताहरु) त्यस्ता मतदाताहरुका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा मतदानको व्यवस्था गरिने महासंघले जनाएको छ ।

मतदाताहरु कोहि संक्रमित भए चाडै जानकारी गराउन समेत महासंघले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment