+
+
Shares

सिद्धार्थ बैंकद्वारा एनपीएललाई लक्षित गर्दै आकर्षक योजना सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १ गते ११:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिद्धार्थ बैंकले नेपाल प्रिमियर लिगको टाइटल स्पोन्सरका रूपमा ‘सिद्धार्थ एनपीएल क्रेडिट कार्ड’ र ‘सिद्धार्थ एनपीएल बचत खाता’ सार्वजनिक गरेको छ।
  • २०८३ असोज १ देखि मंसिर २९ गतेसम्म आवेदन दिने ग्राहकले सिद्धार्थ एनपीएल क्रेडिट कार्ड आजीवन निःशुल्क पाउनेछन्।
  • सिद्धार्थ एनपीएल बचत खातावालाले ५०० रिवार्ड पोइन्ट, विशेष डेबिट कार्ड र अभियान अवधिमा फ्यान जर्सी, एनपीएल टिकट तथा भिडियोमा फिचर हुने अवसर पाउनेछन्।

१ असोज, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को टाइटल स्पोन्सरका रूपमा आबद्ध रहेको सिद्धार्थ बैंकले नयाँ ग्राहकलाई लक्षित गर्दै ‘सिद्धार्थ एनपीएल क्रेडिट कार्ड’ र ‘सिद्धार्थ एनपीएल बचत खाता’ सार्वजनिक गरेको छ।

बैंकले एनपीएललाई लक्षित गर्दै सार्वजनिक गरेका दुवै योजनामा ग्राहकले विभिन्न सुविधा तथा विशेष अनुभव प्राप्त गर्न सक्ने जनाएको छ।

सिद्धार्थ एनपीएल क्रेडिट कार्ड

सिद्धार्थ एनपीएल क्रेडिट कार्डअन्तर्गत २०८३ असोज १ देखि मंसिर २९ गतेसम्म आवेदन दिने ग्राहकले आजीवन निःशुल्क क्रेडिट कार्ड प्राप्त गर्न सक्नेछन्।

यसका लागि पहिलो वर्षको वार्षिक शुल्क कार्ड जारी गर्दाकै समयमा पूर्ण रूपमा छुट दिइनेछ। दोस्रो वर्षदेखि भने ग्राहकले अघिल्लो वर्ष कम्तीमा तीनवटा क्रेडिट कार्ड कारोबार पूरा गरेको अवस्थामा मात्र वार्षिक शुल्क फिर्ता गरिनेछ।

वार्षिक शुल्क फिर्ताको योग्यता प्रत्येक वर्ष मूल्यांकन गरिने बैंकले जनाएको छ। कुनै वर्ष न्यूनतम कारोबार पूरा नभएमा उक्त वर्ष यो सुविधा लागू हुनेछैन। तर, न्यूनतम कारोबार पूरा गरेमा ग्राहक अर्को वर्ष पुनः यस सुविधाका लागि योग्य हुनेछन्।

सिद्धार्थ एनपीएल बचत खाता

सिद्धार्थ एनपीएल बचत खाता खोल्ने ग्राहकले विशेष डिजाइन गरिएको सिद्धार्थ एनपीएल डेबिट कार्ड प्राप्त गर्नेछन्। साथै, खाता खोल्ने ग्राहकलाई सुरुवाती सुविधाका रूपमा ५०० सिद्धार्थ रिवार्ड पोइन्ट प्रदान गरिनेछ।

सिद्धार्थ एनपीएल डेबिट कार्ड र सिद्धार्थ बैंकको बचत खाताको दुवै सदस्यता लिने ग्राहकले प्रारम्भिक सदस्यता लिँदा एकमुष्ट ५०० रुपैयाँ वार्षिक शुल्क तिरेर बन्डल प्याकेजका रूपमा सेवा प्राप्त गर्न सक्नेछन्।

त्यसैगरी, २०८३ असोज १ देखि कात्तिक ३० गतेसम्म सञ्चालन हुने अभियान अवधिमा सिद्धार्थ एनपीएल बचत खातावालाले विभिन्न विशेष अनुभव तथा सुविधा प्राप्त गर्ने अवसर पाउनेछन्।

अभियान अवधिमा सबैभन्दा बढी रिवार्ड पोइन्ट प्राप्त गर्ने शीर्ष २० सिद्धार्थ एनपीएल बचत खातावालाले विशेष सिद्धार्थ एनपीएल फ्यान जर्सी पाउनेछन्।

त्यस्तै, अभियान अवधिमा सबैभन्दा बढी रिवार्ड पोइन्ट कमाउने एक जना सिद्धार्थ एनपीएल बचत खातावालाले एनपीएल भिडियोमा फिचर हुने अवसर पाउनेछन्।

अभियान अवधिमा सबैभन्दा बढी रिवार्ड पोइन्ट रिडेम्प्सन ट्रान्ज्याक्सन पूरा गर्ने शीर्ष पाँच सिद्धार्थ एनपीएल बचत खातावालाले दुई–दुई वटा एनपीएल टिकट जित्नेछन्।

अभियान अवधिमा सबैभन्दा उच्च ‘रिवार्ड च्याम्पियन स्कोर’ हासिल गर्ने एक जना सिद्धार्थ एनपीएल बचत खातावालाले सेमिफाइनल खेलमा ‘प्लेयर अफ द म्याच’ पुरस्कार प्रस्तुत गर्ने अवसर पाउनेछन्।

रिवार्ड च्याम्पियन स्कोर भन्नाले अभियान अवधिमा आर्जन गरिएको कुल रिवार्ड पोइन्ट र रिडिम गरिएको कुल रिवार्ड पोइन्टको योगफललाई जनाउने बैंकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?