+
+
Shares

विद्युत प्राधिकरण हेटौंडाका प्रमुख जैसवालविरुद्ध भ्रष्टाचार मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १२ गते १५:१४

१२ मंसिर, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण, हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजना हेटौंडाका कार्यालय प्रमुख इन्जिनियर इश्वरीप्रसाद जैसवालविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

सेवाग्राहीसँग १० लाख रूपैयाँ घुस लिएको आरोपमा अख्तियारले जैसवालविरुद्ध शुक्रबार मुद्दा दायर गरेको हो ।

अनुसन्धानको क्रममा जैसवालले निर्माणाधिन सो प्रसारण लाइन भित्रपर्ने रुखहरु कटान गरी ढुवानी तथा घाटगद्दी कार्य सम्पन्न गरेको रकम भुक्तानी दिनका लागि सेवाग्राहीसँग उक्त रकम घुस लिएको पाइएपछि उनीविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?