Comments Add Comment

इरानसँग सम्बन्ध रहेको भन्दै अमेरिकाद्वारा रुस र चिनियाँ कम्पनीमाथि प्रतिबन्ध

Photo Credit : Reuters

१४ मंसिर, काठमाडौं । अमेरिकाले इरानसँग सम्बन्ध रहेको भन्दै रुस र चीनका चार कम्पनीमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले जारी गरेको विज्ञप्तिमा उक्त चार कम्पनीले इरानको मिसाइल कार्यक्रमको विकासको लागि सहयोग गर्दै आएको उल्लेख छ । यी कम्पनीले संवेदनशील प्रविधि र मिसाइल कार्यक्रमका लागि आवश्यक पर्ने उपकरणहरु आपूर्ति गर्दै आएको अमेरिकाको आरोप छ । अमेरिकाको प्रतिबन्धमा पर्ने कम्पनीहरुमा दुई चिनियाँ कम्पनी छन् भने दुई रुसी कम्पनी छन् ।

सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको आणविक सम्झौताबाट बाहिरिँदै इरानमाथि प्रतिबन्धको निर्णय गरेका थिए । त्यसयता अमेरिकाले निरन्तर इरानसँग सम्बन्ध भएका कम्पनीहरुमाथि प्रतिबन्ध लगाउँदै आएको छ । अमेरिकाले इरानमाथि अत्यधिक दबाब सिर्जना गर्ने उद्देश्यका साथमा इरानसँग सम्बन्ध भएका कम्पनीहरुमाथि प्रतिबन्ध लगाउँदै आएको हो । यद्यपि अमेरिकामा राष्ट्रपतिको लागि निर्वाचित भएका जो बाइडनको कार्यकाल सुरु भएपछि भने अमेरिका इरान सम्झौतामा पुनः जोडिन सक्ने जानकारहरुले बताएका छन् ।

स्रोत : अलजाजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment