Comments Add Comment

रणवीर–आलियाको ‘ब्रम्हास्त्र’को बजेट ३ सय करोड

सन् २०१८ बाट निर्माण प्रारम्भ भएको चलचित्र ‘ब्रम्हास्त्र’को बजेट ३ सय करोड नाघेको छ । आयन मुखर्जीको निर्देशनमा तयार भैरहेको यो चलचित्रमा अमिताभ बच्चन, रणवीर कपुर, आलिया भट्ट लगायतका कलाकारको अभिनय छ ।

चलचित्रको छायांकन नसकिदा प्रदर्शन मिति पनि बारम्बार धकेलिएको छ । यो बर्ष नै चलचित्र रिलिज गर्ने योजनामा यसको निर्माणपक्ष लागेपनि कोरोना माहामारीका कारण चलचित्र रिलिज हुन पाएन ।

हालै मात्र यसका निर्माताले चलचित्रको बजेटबारे खुलाएका छन् । स्टार र डिज्नीका प्रमुख उदय शंकरले भारतीय मिडियासँग कुरा गर्दै चलचित्रको बजेट ३ सय करोड माथि पुगेको बताएका हुन् । उनले भने–‘चलचित्रको बजेट ३ सय करोड भन्ने चर्चा छ । तर, म अहिले नै आँकडा त भन्न चाहन्न । तर, यति भन्न सक्छु कि बजारमा चलेको हल्ला भन्दा यसको बजेट अझै धेरै छ ।’

उनले, यति महंगो बजेटमा भारतमा अहिलेसम्म चलचित्र नबनेको पनि दाबी गरे । उनले दर्शकले हलमा चलचित्र हेर्दा छुट्टै खालको अनुभुती गर्ने पनि उल्लेख गरेका छन् ।

चलचित्रको नयाँ प्रदर्शन मिति कोरोनाको महामारी सकिएपछि मात्र घोषणा गर्ने तयारी यसको निर्माणपक्षको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment