Comments Add Comment

बाइडनको सिनियर प्रेस टोलीमा महिलालाई मात्र स्थान

जेन साकी

१५ मंसिर, काठमाडौं । अमेरिकामा भएको राष्ट्रपति निर्वाचनमा जित हात पारेका जो बाइडनले आफ्नो सिनियर प्रेस टोलीमा केवल महिलालाई स्थान दिएका छन् । उनको कार्यालयले अमेरिकाको इतिहासमा पहिलोपटक यस्तो भएको दाबी गरेका छन् ।

बाइडनको सिनियर प्रेस टोलीको नेतृत्व केट बेडिंगफिल्डले गर्नेछिन् । उनी पूर्वमा बाइडनको निर्वाचन अभियानको सहायक कम्युनिकेसन निर्देशकको रुपमा रहेकी थिइन् । साथै बाराक ओबामाको कार्यकालमा ह्वाइट हाउसको कम्युनिकेसन निर्देशक रहेकी जेन साकी बाइडनकी प्रेस सेक्रेटरी हुनेछिन् ।

बाइडनले आफ्नो कम्युनिकेसनको टोलीमा सबै महिलालाई समेट्न पाउँदा गौरवान्वित महसुस भइरहेको बताए । उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसका दुइै प्रेस अधिकारी सिमोन स्यान्डर्स र एस्ली एटिन हुनेछन् । क्याबिनेटलाई जस्तो प्रेस कार्यालयका अधिकारीलाई भने अमेरिकाको माथिल्लो सदन सिनेटको अनुमति लिनु जरुरी हुँदैन ।

बाइडनले आफ्नो कार्यकालमा अमेरिकालाई पुनः सही बाटोमा फिर्ता ल्याउने बताएका छन् । उनको टोलीले विश्वको नेतृत्वको साथै अमेरिकी नागरिकलाई पनि सुरक्षित राख्ने दाबी गरेका छन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment