Comments Add Comment

सिमिकोट विमानस्थलको महत्व लुक्लाको जत्तिकै छ : पर्यटनमन्त्री

१६ मंसिर, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले हुम्लाको सिमिकोट विमानस्थलको  महत्व सोलुखुम्बुको लुक्ला जत्तिकै भएको बताएका छन् ।

मंगलबार हुम्लाको सिमिकोट पुगेका उनले पर्यटकीय महत्वका हिसावले यो विमानस्थल लुक्ला जत्तिकै रहेको बताएका हुन् ।

सिमिकोट मानसरोवर जाने भारतीय यात्रुका लागि प्रवेशद्वारका रुपमा रहेको छ । हरेक वर्ष ३० हजारभन्दा बढी पर्यटक यो विमानस्थल हुँदै मानसरोवर जाने गर्छन् ।

सिजनमा नेपालगन्ज-सिमिकोट र सिमिकोट-हिल्सामा एयरलाइन्स कम्पनीले मनग्य आम्दानी गर्छन् । मन्त्री योगेश भट्टराईले यो विमानस्थललाई पर्यटकीय हबको रुपमा विकास गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

हुम्लालाई धार्मिक तथा साँस्कृतिक हबको रुपमा विकास गर्नु पर्ने उनको भनाइ छ । ‘यहाँको संस्कृति विशिष्ट प्रकृतिको छ त्यसैले साँस्कृतिक पर्यटन प्रवर्द्धन गर्न आवश्यक छ,’मन्त्री भट्टराईले भने ।

उनले पर्यटन विविधतालाई ध्यान दिदै हुम्लाको गुरुयोजना बनाएर पूर्वाधारको विकास गर्न आग्रह गरे ।  हुम्लाको पर्यटन क्षेत्रको विकासका लागि मन्त्रालयको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरेका छन् ।

सिमिकोट विमानस्थलमा निमार्ण भई रहेको एप्रोन, पार्किङलगायत काम चाडो सक्न उनले निर्देशन समेत दिए । सो क्षेत्रका सांसद छक्कबहादुर लामाले सिमिकोट एयरपोर्टमा ४५ सिटे जहाज बस्न सक्ने गरी विमानस्थलको विस्तार गर्न माग गरेका छन् ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरीले राष्ट्रिय सडक संञालमा नजोडिँदा सुत्केरी तथा विरामी समस्यामा परेको तथा टेलिफोनको समेत समस्या रहेको मन्त्री भट्टराई समक्ष जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment