Comments Add Comment

आर्यन दाइबाट धेरै कुरा सिक्छु भन्ने आश छः उपासना

१ बर्ष भन्दा लामो ग्यापपछि नायिका उपासना सिंह ठकुरीले चलचित्र ‘डिसेम्बर फल्स’ साइन गरिन् । चलचित्रमा उनी नायक आर्यन सिग्देलको जोडीको रुपमा देखिदैछन् । चलचित्रलाई प्रेम र थ्रिलर कथामा प्रस्तुत गर्ने तयारी यसको निर्माणपक्षको छ ।

चलचित्र साइन गर्दा निकै नै ध्यान दिने गरेकी नायिकाले आर्यनसँग काम गर्नका लागि हुन्छ किन भनिन् होला ? अनलाइनखबरसँग कुरा गर्दै उपासनाले भनिन्–‘मलाई चलचित्रको कथावस्तु र टिम निकै मन पर्यो । यसैले पनि म काम गर्न उत्साहित भएकी हुँ ।’

नायक आर्यन सिग्देलसँग काम गर्न पनि आफू अत्यन्त उत्साहित रहेको उपासना बताउँछिन् । उपासना भन्छिन्–‘म चलचित्र क्षेत्रमा नआउँदै एकपटक आर्यन दाइको सुटिङमा पुगेकी थिएँ । सो समयमा मैले आर्यन दाइसँग तस्वीर पनि खिचेकी थिएँ । आर्यन दाइबाट धेरै कुरा सिक्छु भन्ने लागेको छ ।’

उपासना आफू सधै नै नयाँ भूमिकामा काम गर्दा उत्साहित हुने बताउँछिन् । यसैले पनि आफूले नयाँ नयाँ कथा रोज्ने गरेको उनको तर्क छ ।

उपासनाले भनिन्–‘म हरेक चलचित्रमा एउटै भूमिका गर्नुपर्छ भन्ने सोच्दिनँ । नयाँ भूमिका आउँदा मेरो ध्यान जान्छ । डिसेम्बर फल्सको कथाले पनि मलाई यही कारणले आकर्षित गरेको हो ।’ चलचित्र ‘क्याप्टेन र कबड्डी कबड्डी कबड्डी’मा काम गरेपछि चर्चामा आएकी उपासना ‘डिसेम्बर फल्स’ले पनि दर्शकलाई निराश नबनाउने दाबी गर्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment