Comments Add Comment

फ्रान्समा सुरक्षा विधेयकविरुद्धको प्रदर्शन हिंसात्मक

Photo Credit : REUTERS

२१ मंसिर, काठमाडौं । फ्रान्समा सुरक्षा विधेयकविरुद्धको प्रदर्शन हिंसात्मक बनेको छ । शनिबार प्रदर्शन हिंसात्मक बनेसँगै प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहर गरेको थियो । प्रदर्शनकारीहरुले पनि पसलका झ्यालहरु फुटाउने तथा केही सवारीसाधनमा आगजनी गरेका थिए । शनिबार प्रस्तावित सुरक्षा विधेयकको विरुद्धमा करिब एक सय र्‍यालीहरु निस्किएका थिए । नयाँ विधेयकअनुसार प्रहरीको फोटो तथा भिडियो खिच्नु गैरकानुनी हुन्छ ।

विपक्षीहरुले सरकारले अहिले प्रस्ताव गरेको कानुनले प्रेस स्वतन्त्रताको हनन हुने आरोप लगाउँदै आएका छन् । फ्रान्समा अश्वेत संगीत निर्मातामाथि प्रहरीले दुर्व्यवहार गरेको र उनलाई पिटेको प्रहरीको भिडियो सार्वजनिक भएसँगै फ्रान्समा प्रहरी दमनविरुद्ध आन्दोलन हुँदै आएको छ । त्यस्तै श्रृङ्खलाबद्धरुपमा प्रहरी दमनका भिडियोहरु सार्वजनिक हुन थालेपछि फ्रान्सको सरकारले प्रहरीको फोटो तथा भिडियो लिन नपाउने गरी नयाँ कानुन ल्याउने तयारी गरेको हो । यो नियम नमान्नेलाई ४५ हजार युरो जरिवाना र एक वर्षको जेल सजाय हुनेछ ।

शनिबार भएको हिंसात्मक आन्दोलनमा प्रहरीले २२ जनालाई पक्राउ गरेको छ । साथै प्रहरीसँगको झडपमा परी दर्जनौं मानिसहरु घाइते भएा छन् । फ्रान्समा प्रदर्शन बढेसँगै सुरक्षा सतर्कता पनि बढाइएको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

ऊ… ऊ… सगरमाथा !

Advertisment