+
+
Shares

बाराकी कोरोना संक्रमित महिलाको वीरगञ्जमा मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २२ गते १३:४५

२२ मंसिर, वीरगञ्ज । बाराकी एकजना कोरोना संक्रमित महिलाको वीरगञ्जमा मृत्यु भएको छ । बाराको जितपुरसिमरा उपमहानगरपालिका-४ औराह बस्ने ७१ वर्षीया धनकुमारी सुनुवारको मृत्यु भएको हो ।

मंसिर १४ गते दमको समस्या आएपछि उनलाई वीरगञ्जस्थित बयोधा अस्पतालमा लगिएको थियो । बयोधामै स्वाब संकलन गरी मंसिर १६ गते पीसीआर टेष्ट गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि उनलाई नेसनल मेडिकलले सञ्चालन गरेको बाबा होटलको आइसोलेसनमा राखिएको थियो । सोमबार बिहान पौने ६ बजे उपचारकै क्रममा मृत्यु भएको आइसोलेसनका डाक्टर ओमप्रकाशले जानकारी दिए ।

‘हिँडडुल गर्न नसक्ने समस्यासँगै किड्नी र हाइपरटेन्सन पनि रहेछ,’ उनले भने, ‘आइसोलेसनमा आउँदा कोभिड निमोनिया पनि थियो । आईसीयूमा राखेर उपचार गरिरहेका थियौं । ४ दिन भेन्टिलेटरमा समेत राख्यौं । जति कोशिस गर्दा पनि बचाउन सकिएन ।’

बाबा आइसोलेसनमा ५ जना गम्भीर अवस्थाका संक्रमित छन् । जसमध्ये २ जनालाई भेन्टिलेटरमै राखिएको डाक्टर ओमप्रकाशले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?