
२२ मंसिर, काठमाडौं । कोरोना (कोभिड-१९) संक्रमित भएर गत २८ असोजमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितर पुर्याइएका स्वनाम साथीलाई फेरि कोठमाडौं मोडल हस्पिटलको आईसीयूमा ल्याइएको छ ।
स्वनाम साथी मार्क्सवादी चिन्तक तथा पुराना वामपन्थी नेता हुन् ।
१५ दिनअघि स्वनामको कोभिड परीक्षणको रिपोर्ट नेगेटिभ आए पनि निमोनिया फैलिएको कारण आईसीयूमा राखिएको पत्नी किरण गौतमले जानकारी दिइन् । पाटनबाट स्वानामलाई आइतबारमात्रै मोडल अस्पतालमा ल्याइएको हो ।
अस्पताल लानसाथ स्वनामलाई अक्सिजनको आवश्यकता परेको र आईसीयूमा राख्न परेको गौतम बताउँछिन् । चिकित्सकलाई उदृढ गर्दै उनले भनिन्, ‘फोक्सोमा अक्सिजनको मात्रा एकदमै कमी भएपछि फुल अक्सिजन दिनुपरेको थियो । पछि निमोनिया फैलियो ।’
स्वनामलाई २२ दिनसम्म आईसीयूमा राखेपछि वार्डमा सारिएको थियो । अहिले पनि आईसीयूको आवश्यकता परेको पत्नी गौतमले बताइन् ।
उनले थपिन्, ‘अहिले पनि उहाँलाई आईसीयूमा अक्सिजन दिएरै राखिएको छ । राम्रोसँग कुरा गर्ने अवस्थामा हुनुहुन्न ।’ अहिले स्वनामको अवस्था जटिल रहेको चिकित्सकहरुलाई उदृढ गर्दै गौतमले बताइन् ।
सामान्य ज्वरो आए पनि सात दिनसम्म निको नभएपछि उनको पीसीआर परीक्षण गरिएको थियो । पीसीआर पोजेटिभ देखिएपछि मात्र उनलाई अस्पताल पुर्याइएको थियो ।
स्वनामलाई कोभिड पोजेटिभ भएपछि उपचार एवं स्वास्थ्यलाभको कामना गर्दै १०० जनाभन्दा बढी प्रभुत्व व्यक्तिहरुले संयुक्त विज्ञप्ति जारी गरेका थिए । पछिलो समय स्वनामले सीमा बचाऔँ अभियानको पनि नेतृत्व गरिरहेका छन् ।
प्रतिक्रिया 4