Comments Add Comment

कोरोना खोप उत्पादन बढाउन सिनोभ्याक बायोटेकमा साढे ५१ करोड डलर लगानी

Photo Credit : REUTERS

२२ मंसिर, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप विकास गरिरहेको चीनको सिनोभ्याक बायोटेकमा घरेलु कम्पनी सिनो बायोफर्मास्युटिकलले ५१ करोड ५० लाख डलर लगानी गर्ने भएको छ । सिनो बायोफर्मास्युटिकलले सोमबार सिनोभ्याकको सहायक कम्पनी सिनोभ्याक लाइफ साइन्समा ५१ करोड ५० लाख डलर लगानी गर्ने बताएको हो । यो लगानीसँगै कम्पनीले सिनोभ्याक लाइफ साइन्सको १५ प्रतिशतको शेयर पाउनेछ ।

सिनो बायोफर्मास्युटिकलका अनुसार सिनोभ्याकले विकास गरिरहेको खोपको विकासका लागि यो लगानीको प्रयोग हुनेछ । अर्को छुट्टै विज्ञप्ति जारी गर्दै सिनोभ्याक कम्पनी कम्पनी वार्षिक ३० करोड डोज कोरोना खोप उत्पादनको लागि सक्षम रहेको बतएको छ । सन् २०२० को अन्तिमसम्ममा अर्को उत्पादन केन्द्र खोली वार्षिक ६० करोड डोज खोप उत्पादन गर्ने लक्ष्य कम्पनीको छ । बजारको अवस्था र उपलब्ध रकमको आधारमा कम्पनीले आफ्नो उत्पादन क्षमता थप विस्तार गर्न सक्ने बताएको छ ।

सिनोभ्याकले इन्डोनेसिया, टर्की, ब्राजिल, चिलीलगायतका मुलुकहरुसँग खोप बिक्रीको सम्झौता गरिसकेको छ । साथै उसले फिलिपिन्ससँग पनि यो खोप बिक्रीको लागि वार्ता अघि बढाइरहेको छ । सिनोभ्याकको कोरोनाभ्याक खोप चीनले आपतकालीन प्रयोगको लागि अनुमति दिएको तीनमध्ये एक हो । चीनले आपतकालीन प्रयोगको कार्यक्रमअन्तर्गत आफ्ना १० लाख नागरिकहरुलाई कोरोना खोप लगाइरहेको छ । कोरोना भ्याकको ब्राजिलमा गरिएको अन्तिम चरणको मानव परीक्षणको नतिजा अर्को सातासम्म आउने अपेक्षा छ ।

स्रोत : रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment