Comments Add Comment

भेनेजुयलामा विपक्षीले बहिष्कार गरेको निर्वाचनमा मादुरोको जित

Photo Credit : Reuters

२२ मंसिर, काठमाडौं । भेनेजुयलामा प्रमुख प्रतिपक्षी पार्टीले बहिष्कार गरेको संसदीय निर्वाचनमा राष्ट्रपति निकोलस मादुरोले बहुमतसहितको जित हासिल गरेका छन् । मादुरो र उनको वामपन्थी गठबन्धनले ८० प्रतिशत मतगणना सकिँदा ६७ दशमलव ७ प्रतिशत भोट पाएको नेशनल इलेक्टोरल काउन्सिलकी अध्यक्ष इन्दिरा अल्फोन्जोले बताएकी छिन् । निर्वाचन बहिष्कारको आह्वान नमानेर निर्वाचनमा होमिएका अन्य विपक्षी गठबन्धनले १८ प्रतिशत भोट पाएका छन् ।

भेनेजुयलाको निर्वाचनमा ६९ प्रतिशत मतदाताले भोट हालेका थिए । आइतबारको प्रारम्भिक नतिजाले मादुरोको गठबन्धनले विस्तारित २२७ सिटको राष्ट्रिय सभामा आफ्नो नियन्त्रण कायम गर्ने देखिएको छ । अहिलेसम्म भेनेजुयलामा विपक्षीको नियन्त्रणमा रहेको एकमात्र सरकारी अंग राष्ट्रिय सभामात्र थियो । यससँगै मादुरोले टेलिभिजनमार्फत् सम्बोधन गर्दै बहुमत भेनेजुयलाका नागरिकको मतसहित राष्ट्रिय सभामा गुमेको नियन्त्रण पुनः कायम राखेको बताएका छन् । उनले यो प्रजातन्त्रका लागि कुनै शंकारहित ठूलो जित भएको दाबी गरेका छन् ।

अहिलेसम्म भेनेजुयलाको राष्ट्रिय सभामा अमेरिकाको समर्थन पाएका विपक्षी नेता जुआन गुएइडोले नेतृत्व गर्दै आएका थिए । सन् २०१९ को अप्रिलयता अमेरिकाले मादुरो सरकारमाथि आर्थिक प्रतिबन्ध लगाउँदै दबाव बढाउँदै आएको छ । गुएइडोको पार्टीले भने मादुरो सरकार चाहिन्छ कि चाहिँदैन ? भन्ने विषयमा आफैं जनमतसंग्रह गर्ने भएको छ । गुएइडोले आफूहरुको जित नहुँदासम्म आफू लडिरहने बताएका छन् ।

स्रोत : अलजाजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment