Comments Add Comment

यस्तो देखियो स्वेताको मेहेन्दी सेरेमोनी

नायिका स्वेता खड्का आज बैबाहिक जीवनमा बाँधिदैछिन् । धनगढीका विजयेन्द्र सिंह राउत र स्वेताले काठमाण्डौको गोकर्ण रिसोर्टमा आज बिबाह गर्न लागेका हुन् । नायिका खड्काले बिहेको एक दिन अगाडि सामाजिक संजालमा स्टाटस कोर्दै आफ्नो मनको भावना व्यक्त गरेकी थिइन् ।

बिहेको एक दिन अगाडि नायिका खड्काको मेहेन्दी सेरेमोनी आयोजना गरिएको थियो । मेहेन्दी सेरेमोनीमा नायिका स्वेता खड्का र विजयेन्द्र सिंह राउत रमाएको देख्न सकिन्छ । स्वेताले सामाजिक संजालमा लेखेकी छिन्–‘मेहेन्दीको रंगहरुसँगै खुल्दै छु म । जीवनको नयाँ पानाहरुमा भुल्दै छु म ।’

विजयेन्द्रको तस्वीर यसअगाडि सार्वजनिक भएको थिएन । केही मिडियामा स्वेताले दशैंमा टिका लगाउँदा विजयेन्द्रसँग खिचेको एउटा तस्वीर मात्र सार्वजनिक भैरहेको थियो । तर, मेहेन्दी सेरेमोनीपछि विजयेन्द्र र स्वेताको तस्वीर सार्वजनिक गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment