Comments Add Comment

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

२२ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । भोलि (मंगलबार) विहान ११ बजे बैठक बोलाउने तयारी गरेको उनको सचिवालयले जनाएको छ ।

समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएको प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले बताए ।

नेपालको भूमि मिचेर भारतले सडक बनाएपछि गएको वैशाख ३१ मा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिलाई प्रधानमन्त्रीले छलफलका लागि बोलाएका थिए ।  त्यस यता भने सर्वदलीय बैठक हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment