Comments Add Comment

‘पाँच स’ दक्षिण कोरियाको नयाँ कार्यसमिति चयन

काठमाडौं । सनातन साहित्य संगीत साधना समूह, पाँच’स’ दक्षिण कोरियाको चौथो अधिवेशन सम्पन्न भएको छ । प्रेमराज अधिकारीको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै अधिवेशन सम्मन्न भएको हो ।

संस्थाको उपाध्यक्षमा गुरुदत्त न्यौपाने, कमल भण्डारी, दयाराम शर्मा (मोहित आर्य), महासचिवमा श्याम अर्याल, सचिव जीवन अर्याल, सचिवमा सागर रेग्मी, कोषाध्यक्ष नरेश मेहता र सह-कोषाध्यक्ष विष्णु गौतम चयन भएका छन् ।

यस्तै, सक्रिय सदस्यहरुमा प्रेम रोयल ठकुरी, रमेश राज अधिकारी, दीपक खत्री, प्रीतीजा बिसुंखे र महेन्द्र सापकोटा रहेका छन् ।

जुममार्फत आयोजित कार्यक्रममा नेपाली राजदूतावास दक्षिण कोरियाका कार्यवाहक राजदूत राम सिंह थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा पण्डित दीनबन्धु पोख्रेलसमेत विशेष अतिथीको रुपमा उपस्थित थिए ।

कार्यक्रममा टिकटक प्रतियोगिता २०२० का विजेतालाई पुरस्कारसमेत वितरण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment