Comments Add Comment

बोक्सी आरोप लगाउने सल्यानका ३ महिलालाई कैद सजाय

२२ मंसिर, सुर्खेत । जिल्ला अदालत सल्यानले बोक्सी भन्दै दुर्व्यवहार गर्ने तीनजना महिलालाई कैद सजाय सुनाएको छ ।

६० वर्षीया महिलालाई बोक्सीको आरोप लगाउने शारदा नगरपालिका-१ की २१ वर्षीया सरिता खड्का, २४ वर्षीया गीता खड्का र २३ वर्षीया जयन्ती रोकालाई कैद सजाय सुनाएको हो ।

न्यायाधीश कुलप्रसाद पाण्डेको एकल इजलासले जयन्तीलाई ६ महिना कैद र ५ हजार जरिमाना, सरिता र गीतालाई जनही ३ महिना कैद र ५०० रुपैयाँ जरिमाना तोकिएको जिल्ला अदालत सल्यानका स्रेस्तेदार हेमन्त ज्ञवालीले जानकारी दिए ।

स्रेस्तेदार ज्ञवालीका अनुसार उनीहरूले गत भदौ ५ गते स्थानीय ६० वर्षीया महिलालाई बोक्सीको आरोप लगाउँदै दुव्र्यवहार गरेका थिए । प्रहरीले तीनै जनालाई असोज १२ गते पक्राउ गरेको थियो ।

प्रहरीकै रोहबरमा पीडितका तर्फबाट भक्तबहादुुर थापाले सल्यान अदालतमा मुद्दा दिएका थिए । सल्यान अदालतले मंसिर २१ गते बोक्सीको आरोप लगाउने तीनजनालाई कैद र जरिमाना फैसला गरेको हो ।

अदालतले सजाय सुनाए पनि तीनजनाले कैद बराबरको रकम जरिमाना तिरेर रिहा भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment