+
+
Shares

अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो, नयाँ ट्र्याक जोखिममा

डीएसपी दाहालले भने, ‘नयाँ ट्र्याक खोलिएको भन्दा केही तल रहेको पुरानो सडकको ग्याबियन वाल भासिएको छ । यसको असर नयाँ ट्र्याकमा पर्न सक्छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ९ गते १०:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अवरल वर्षाका कारण पृथ्वी राजमार्गको कृष्णभिरमा पुरानो सडकको ग्याबियन वाल भासिएर नयाँ ट्र्याकसमेत जोखिममा परेको छ।
  • सडक विभागले कृष्णभिरको नदीतर्फको ग्याबियन वाल केही तल झरेको र हाल सञ्चालन भइरहेको सडक माथिको स्लोपमा समस्या नदेखिएको जनाएको छ।
  • बेनीघाट रोराङ गाउँपालिका-७ का वडाध्यक्ष कुमार बस्नेतले नयाँ ट्र्याकको सपोर्ट भाग खसिसकेको भन्दै यो बाटो भएर यात्रा नगर्न अनुरोध गरेका छन्।

९ असोज, काठमाडौं । पृथ्वी राजमार्गको कृष्णभिरमा सडक सुरक्षाका लागि बनाइएको ग्याबियन वाल भासिएको छ ।

अविरल वर्षाका कारण पुरानो सडकको ग्याबियन वाल भासिएको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी प्रकाश दाहालले बताए ।

उनका अनुसार पुरानो सडकको ग्याबियन वाल केही तल खसेको कारण कृष्णभिरमा बनाइएको नयाँ ट्र्याक समेत जोखिममा परेको छ ।

डीएसपी दाहालले भने, ‘नयाँ ट्र्याक खोलिएको भन्दा केही तल रहेको पुरानो सडकको ग्याबियन वाल भासिएको छ । यसको असर नयाँ ट्र्याकमा पर्न सक्छ भनेर प्राविधिकहरुले भन्नुभएको छ ।’

सडक विभागले पनि पृथ्वी राजमार्गको कृष्णभिरमा सडकको नदीतर्फको ग्याबियन वाल केही तल झरेको जनाएको छ । यद्यपि विभागले भनेको छ, ‘हाल सञ्चालन भइरहेको सडक माथिको स्लोपमा कुनै समस्या देखिएको छैन ।’

‍प्रोजेक्ट टिमले सडकको अवस्था मोनिटरिङ गरिरहेको विभागले जनाएको छ ।

लगातारको वर्षाले नयाँ ट्र्याकलाई सपोर्ट गर्न बनाइएको ग्याबियन भासिएर खसेको बेनीघाट रोराङ गाउँपालिका-७ का वडाध्यक्ष कुमार बस्नेतले जानकारी दिए । उनले भनेका छन्, ‘नयाँ ट्र्याकका लागि जुन ग्याबिनको सपोर्ट भाग थियो । त्यही भाग खसिसकेको छ । त्यसैले एकदमै खतरा छ । तल्लो भाग खसिसकेकाले अत्यन्तै खतरा छ । कृपया यो बाटो भएर यात्रा नगर्न अनुरोध गर्दछु ।’

गत १० र १४ भदौमा भोटेकोशी र त्रिशूलीमा आएको बाढीले कृष्णभिरमा सडकखण्ड कटान गरेको थियो । बाढीले सडक कटान गरेपछि सो राजमार्ग लामो समय बन्द भएको थियो ।

सडक कटान भएको उक्त स्थानमा नयाँ ट्र्याक खोलेर १ असोजदेखि राजमार्ग सञ्चालनमा ल्याइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?