 
																						पूर्वमन्त्री मोहमद अफताब आलमका भाइ महताफ आलम								
											२२ मंसिर, काठमाडौं । रौतहटको राजपुर बमकाण्डका आरोपित नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री मोहमद अफताब आलमका भाइ महताफ पक्राउ परेका छन् ।
भारतीय प्रहरीसँगको समन्वयमा भारतको मोतिहारी जिल्लाबाट उनलाई पक्राउ गरेर रौतहटतर्फ ल्याइएको प्रहरी स्रोतले अनलाइनखबरलाई बतायो ।
२७ चैत ०६४ मा चुनावका वेला आलमका काका शेख इद्रिसको घरमा विष्फोट भएको थियो । त्यसमा घाइते २४ वर्षीय त्रिलोकप्रताप सिंह र २२ वर्षीय ओसी अक्तरलाई जिउँदै इटाभट्टामा जलाएको आरोप छ ।
अफताब आलम गत वर्ष २६ असोजमा पक्राउ परेका थिए । तत्कालीन एसपी भुपेन्द्र खत्रीले उनलाई राजपुर फरहदवास्थित निजी निवासबाट पक्राउ गर्न सफल भएका थिए ।
आलम हाल नख्खु कारागारमा जेल सजाय भुक्तान गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4