Comments Add Comment

चिनियाँ कम्पनीबाट इन्डोनेसियाले पायो १२ लाख डोज कोरोना खोप

२२ मंसिर, काठमाडौं । आइतबार चिनियाँ कम्पनी सिनोभ्याक बायोटेकले विकास गरिररहेको कोरोना भाइरस (कोभिड–१९) को खोपको पहिलो खेप इन्डोनेसियामा आइपुगेको छ । इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले १२ लाख डोज खोप आइपुगेको बताएका हुन् । यो खोपको परीक्षण इन्डोनेसियामा गत अगष्टदेखि नै सुरु भइसकेको छ ।

इन्डोनेसियाले सार्वजनिक कोरोना खोप सञ्चालनको तयारी गरिरहेको बताएको छ । इन्डोनेसियाका अनुसार सिनोभ्याक कम्पनीले जनवरीको सुरुवातसम्ममा थप १८ लाख डोज खोप आइपुग्ने विश्वास इन्डोनेसियाले लिएको छ । सिनोभ्याकले विकास गरिरहेको कोरोना खोपको परीक्षण अहिले ब्राजिल र टर्कीमा पनि चलिरहेको छ । ब्राजिलमा यो खोपको अन्तिम चरणको परीक्षणको नतिजा अर्को सातासम्म आउने अपेक्षा छ ।

इन्डोनेसियाले यो महिना एक करोड ५० लाख डोज खोप उत्पादन गर्न पुग्ने कच्चा पदार्थ आइपुग्ने बताएको छ । त्यस्तै आगामी महिना तीन करोड डोजको लागि आवश्यक पर्ने कच्चा पदार्थ इन्डोनेसियाले पाउनेछ ।

पछिल्लो केही समययता इन्डोनेसियामा उल्लेख्यमात्रामा कोरोना संक्रमण बढेको छ । अहिलेसम्म इन्डोनेसियामा पाँच लाख ७५ हजारभन्दा धेरै कोरोना संक्रमित फेला परिसकेका छन् भने १७ हजार ७४० जनाको यसबाट मृत्यु भइसकेको छ ।

स्रोत : रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment