Comments Add Comment

अब घरै बसेर मेडिकल र इन्जिनियरिङको प्रवेश परिक्षा तयारी गर्न सकिने

२४ मंसिर, काठमाडौं । कोरोना भाइरसका कारण नेपाल मात्र नभएर विश्व नै आतंकित छ । कोरोनाले जनजीवन अस्तव्यस्त बनाइरहँदा सबैभन्दा प्रभावित क्षेत्र हो शिक्षा । सामाजिक दुरी कायम गर्नु पर्ने यस महामारीको समयमा भौतिक कक्षा सञ्चालन गर्न अझै सम्भव छैन ।

यो अवस्था कति लामो समयसम्म रहन्छ भन्ने एकिन नभएपछि भर्चुअल माध्यमबाट शिक्षा क्षेत्रलाई चलायमान बनाउन विभिन्न विकल्पहरु अघि सारिएका छन् । यही सिलसिलामा नेपालमा अनौपचारिक शिक्षाको डिजिटाइजेसनको एक नयाँ प्रयास सुरु भएको छ । मेन्टर्स अनलाइन एजुकेसनले मेडिकल तथा इन्जीनियरिङ्ग प्रवेश परीक्षा दिनेहरुलाई लक्षित गर्दै यो कार्यक्रम ल्याएको हो । प्रवेश परीक्षा तयारी कोर्षलाई स्वदेशमा नै विकास गरिएको इ–लर्निङ प्रणालीमार्फत घरमै बसी अध्ययन गर्न सकिने संस्थाले जनाएको छ ।

विद्यार्थीको आवश्यकता र प्रवेश परीक्षा पाठ्यक्रमलाई ध्यानमा राखी तयार गरिएको रेकर्डेड श्रव्यदृश्य सामग्री, यथेष्ट अभ्यास सामग्री, पुनरावलोकन सामग्रीलगायत राखिएको मेन्टर्स अनलाइनका अध्यक्ष माधव पोख्रेलले बताए । कक्षा १२ परिक्षापश्चात विज्ञान संकायका आम विद्यार्थीहरु मेडिकल तथा इन्जिनियरिङ्ग क्षेत्रमा भविष्य खोज्न प्रवेश परीक्षाको तयारीमा लाग्छन् ।

विगतमा काठमाडौँ बाहिरका विद्यार्थीहरुलाई काठमाडौँ आइ बसोबास तथा खानपिन व्यवस्थापन र अन्य व्यवहारिक व्यवस्थापन, समय र आर्थिक दुवै हिसाबले चुनौती पूर्ण थियो । घरबाट टाढा हुँदा विद्यार्थीलाई र अभिभावकलाई पर्ने मनोबैज्ञानिक पिडाका अलावा सामाजिक विकृति र कुलतको चिन्तालाई पनि थियो । यो अवस्थालाई पनि मेन्टर्स अनलाइन एजुकेसनले समाधान दिने अध्यक्ष पोख्रेलको भनाइ छ ।

मेडिकल तथा इन्जिनियरिङ प्राविधिक क्षेत्रमा स्नातक तहमा सिमित भर्ना संख्या रहने हुँदा नेपालका हरेक विश्वविद्यालयहरुमा प्रवेश परीक्षा निकै प्रतिस्पर्धात्मक हुन्छ । प्राविधिक अध्ययनको प्रवेश परीक्षाहरुमा बहुउत्तर भएका प्रश्नहरु सोधिने हुनाले यसको परिपूर्ति गर्नाका लागि र बहुउत्तर भएका प्रश्नहरुको समाधानको निम्ति प्रशिक्षण र कौशल निर्माण गर्नेगरि डिजिटल कोर्षको विकास गरिएको प्रा.डा. हेमराज पन्त बताउँछन् ।

‘यसले समय र पैसाको बचत गर्दै लगनशील विद्यार्थीहरुका लागि ठूलो अवसर उपलब्ध भएको छ र यो निकै राम्रो अवधारणा हो,’ उनले भने ।

मेन्टर्स अनलाइनमा प्रा.डा. विनोद पराजुली, प्रा. डा. रामकुमार शर्मा, प्रा. डा. भद्र पोखरेल, प्रा. डा. हेमराज पन्त, प्रा. डा. विनोद भट्टराई, डा सन्तोष घिमिरे, डा गणेश श्रेष्ठ लगायत संलग्न छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment