+
+
Shares

ट्विटरमा अनिल र अनुरागको आरोप–प्रत्यारोप

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २३ गते १२:५७

सामाजिक संजालमा बलिउडका कलाकारहरु ट्रोलको शिकार मात्र बन्दैनन्, एक अर्कासँग वाकयुद्ध पनि गर्छन् । नायक अनिल कपुर र निर्माता अनुराग कश्यपको ट्विटरमा देखिएको कटाक्षले धेरैको ध्यान तानेको छ ।

आइतबार अनिलले ‘दिल्ली क्राइम’को एम्मी अवार्ड पाएको खुशीमा ट्विट गरेका थिए । उनले लेखेका थिए–‘मैले पहिले पनि भनेको थिएँ र अहिले पनि भन्छु कि, यो अवार्डको लायक दिल्ली क्राइमको टिम छ । आफ्नै मानिसहरुलाई अन्तरराष्ट्रिय पहिचान मिलेकोमा खुशी लागेको छ ।’

अनिलको यो ट्विटमा जवाफ दिदै अनुरागले लेखे–‘कुनै लायक मानिसलाई अन्तरराष्ट्रिय पहिचान मिलेकोमा खुशी लागेको छ । साच्चै, तपाइको अस्कर कता छ ? छनै नी ? हो र…नोमिनेशन ?’

अनुरागको जवाफ चित्त नवुझेपछि अनिलले लेखे–‘तिमी अस्करको नजिक आयौं, टीभीमा स्लमडाग मिलियनेयरले टीभीमा अस्कर जितेको हेरिरहेका छौ । तिमीबाट यो हुँदैन ।’

अनुराग रोकिएनन् । उनले लेखे–‘हेड मी डाउन चलचित्रका किंग के भन्छन् ? के तपाई यो चलचित्रका लागि पनि दोश्रो विकल्पमा हुनुहुन्थेन ?’

अनुरागलाई जवाफ दिदै अनिलले लेखे–‘हेड मी डाउन अथवा पिक मि अप, मलाई केही पनि फरक पर्दैन । काम मात्र काम हुन्छ । तिमी जस्ता काम खोज्ने बेलामा कपाल त तान्नुपर्दैन ।’

अनुरागले यसमा पनि जवाफ दिदै लेखे–‘सर कपालको बारेमा केही नभन्नुहोस् । तपाइलाई त आज पनि तपाइको कपालकै कारण चलचित्र मिलिरहेको छ ।’

अनिलले आफ्नो करिअर ४० बर्षदेखि यसै नचलेको भन्दै आफ्नो जस्तो करिअर पाउन अनुरागमा खुबी हुनुपर्ने भन्दै कटाक्ष गरे । अनिल र अनुरागको ट्विटको बिषयमा बलिउड मिडियामा झगडाको खबर फैलिएपछि अनुरागले ट्विट गर्दै यसलाई नयाँ वेव सिरिजको प्रमोशन भनेका छन् । अनिल र अनुरागको ‘एके भर्सेस एके’ नामक वेव सिरिज सार्वजनिक हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?