+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

विश्व बैंक र एडीबीबाट १४ अर्ब १५ करोड ऋण लिने सरकारकाे निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २४ गते १८:२८

२४ मंसिर, काठमाडौं । नेपालले विश्व बैंक र एसियाली विकास बैंकबाट सवा १४ अर्ब रुपैयाँ हाराहारी सहुलियतपूर्ण ऋण लिने भएको छ । मन्त्रिपरिषद्को मंसिर १५ र १८ गतेको बैठकबाट यस्तो निर्णय लिइएको हो ।

सरकारका प्रवक्ता तथा सूचना तथा संचार प्रविधि मन्त्री पार्वत गुरुङका अनुसार १५ मंसिरको मन्त्रीपरिषद् बैठकले प्राथमिकता प्राप्त नदी बेसिन बाढी जोखिम व्यवस्थापन आयोजनाका लागि एसियाली विकास बैैंकबाट ४० मिलियन डलर (४ अर्ब ७७ करोड) बराबरको सहुलियतपूर्ण ऋण लिने निर्णय गरेको छ ।

सोही आयोजनाका लािग १० मिलियन डलर (१ अर्ब १९ करोड बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय समेत भएको छ । उता, मंसिर १८ मा बसेको मन्त्रिपरिषद् बैठकले ग्रामिण उद्यम तथा आर्थिक विकास परियोजना संचालन गर्न विश्व बैंकबाट ९ अर्ब ३८ करोड (८० मिलियन डलर) सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय समेत अर्थ मन्त्रालयले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?