Comments Add Comment

तिलोत्तमामा प्रथम वडास्तरीय भलिबल हुने

२६ मंसिर, बुटवल । रुपन्देहीको तिलोत्तमामा आगामी आइतबारदेखि प्रथम वडास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । नगरपालिकाको आर्थिक सहयोगमा नगर खेलकुद विकास समितिले वडास्तरीय भलिबल प्रतियोगिता गर्न लागेको हो ।

मंसिर २८, २९ र ३० गते सञ्चालन हुने उक्त प्रतियोगितामा नगर भित्रका १७ मध्ये १० वटा वडाबाट एक-एक टिमले सहभागीता जनाउने नगर खेलकुद विकास समितिका संयोजक राजेन्ऽ गुरुङले जानकारी गराए ।

प्रतियोगिताको विजेताले ५० हजार, उपविजेताले ३० हजार तथा तेस्रो हुने टिमले २० हजार नगद पुरस्कार प्राप्त गर्ने गुरुङले बताए ।

पाँच लाख रुपैयां खर्च अनुमान गरिएको प्रतियोगिताको समापनमा बेस्ट प्लेयर, बेस्टर सेटर, बेस्टर ब्लकर, बेस्ट स्पाइकर, बेस्ट सर्भर तथा अनुशासित खेलाडीलाई सम्मान गरिने गुरुङले बताए ।

नगरपालिकाकी कार्यबाहक प्रमुख जागेश्वरीदेवी चौधरीले तिलोत्तमा नगरपालिकाले वडास्तरबाटै खेलाडी उत्पादन र खेलकुदको विकासका लागि चालु आर्थिक वर्षमा विभिन्न खेलकुद प्रतियोगिताका लागि ५० लाख रुपैयाँ बजेट छुट्टाइएको बताइन् ।

चालु आर्थिक वर्षको पुषमा मेयरकप ब्याडमिन्टन, विद्यालयस्तरीय छात्र-छात्रा भलिबल र उपमेयर खुल्ला महिला भलिबल, माघमा मेयर कप रनिङ शिल्ड फुटबल र विद्यालयस्तरीय फुटबल तथा चैतमा विद्यालय तथा वडा स्तरीय क्रिकेट र ग्रासरुट फुटबल तालिम हुने नगरका प्रवक्ता सुरेन्ऽ श्रीले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment