Comments Add Comment

बेस्ट फिफा अवार्डको अन्तिम तीनको मनोनयन सार्वजनिक

२७ मंसिर, काठमाडौं । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले हरेक वर्ष प्रदान गर्दै आएको दी बेस्ट फिफा अवार्डको विभिन्न विधामा अन्तिम ३ मा पर्न सफल खेलाडी र प्रशिक्षकको मनोनयन सार्वजनिक भएको छ ।

डिसेम्बर १७ तारिखमा आयोजना हुने अवार्ड प्रतियोगिताका लागि उत्कृष्ट पुरुष र महिला उत्कृष्ट खेलाडीसहित विभिन्न ७ विधाको लागि अन्तिम ३ मा पर्नेहरुको मनोनयन सार्वजनिक भएको हो ।

फिफाले शुक्रबार सार्वजनिक गरेको अन्तिम ३ को सूचीमा पुरुष उत्कृष्ट खेलाडीतर्फ क्रिस्टियानो रोनाल्डो, लिओनल मेसी र रोवर्टो लेवान्डोस्की परेका छन् । यसअघि फिफाले ११ खेलाडीको मनोनयन सार्वजनिक गरेकोमा त्यसबाट अन्तिम ३ खेलाडी छनोट गरेको हो ।

बेस्ट अवार्ड अन्तर्गत महिला र पुरुष उत्कृष्ट खेलाडीसहित महिला र पुरुष उत्कृष्ट प्रशिक्षक, महिला र पुरुष उत्कृष्ट गोलकिपर र उत्कृष्ट गोलकर्ताले पाउने पुरस्कार अवार्डको लागि अन्तिम ३ मा पर्नेहरुको मनोनयन सार्वजनिक भएको हो ।

अन्तिम ३ मनोनयनमा पर्नेहरुको सूची यस्तो छ :

दी बेस्ट फिफा मेन्स प्लेअर : लिओनल मेसी, क्रिस्टियानो रोनाल्डो, रोवर्ट लेवान्डोस्की ।

दी बेस्ट फिफा वुमन्स प्लेअर : लुसी ब्रोन्ज, पर्निल हार्डनर, वेन्डी रेनार्ड ।

दी बेस्ट फिफा वुमन्स गोलकिपर : साराह बउहाडी, क्रिस्टियन एनडलर, एलिसा नाएहर ।

दी बेस्ट फिफा मेन्स गोलकिपर : एलिसन बेकर, मानुएल नोए, जान ओब्लाक ।

दी बेस्ट फिफा वुमन्स कोच : एम्मा हायस, जिएन लुसी भासेर, सारिना विगमन ।

दी बेस्ट फिफा मेन्स कोच : मार्सेलो बिएस्ला, हान्स डिएटर फ्लिक, योर्गन क्लोप ।

फिफा पुस्कास अवार्ड : जिओर्जिएन्ड अरास्काएटे, हेउन मिन सन, लुइस सुआरेज ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment