+
+
Shares

धनगढीमा दुई कोरोना संक्रमित महिलाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २८ गते १७:१५

२८ मंसिर, कैलाली । धनगढीमा एकैदिन दुई जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा धनगढी उपमहानगरपालिका-१ की ५५ वर्षीया महिला र गोदावरी नगरपालिका-१ की ७५ वर्षीया महिलाको उपचारको क्रममा आइतबार मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या आएपछि धनगढीकी ५५ वर्षीया महिला मंसिर २२ गते अस्पतालमा भर्ना भएकी थिइन् । अस्पतालका अनुसार उनी मधुमेह सम्बन्धी रोगबाट समेत पीडित थिइन् । उनको उपचारको क्रममा आइतबार दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ ।

गोदावरीकी ७५ वर्षीया महिलाको उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । कोरोना संक्रमित उनी मंसिर २१ गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएकी थिइन् । उनलाई अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिए पनि बचाउन नसकिएको अस्पतालले जनाएको छ ।

यससँगै सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ६४ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?