Comments Add Comment

‘भारतमा जनवरीदेखि सुरु हुन सक्छ कोरोना खोप कार्यक्रम’

फाइल फोटो

२९ मंसिर, काठमाडौं । भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाका सीईओ अदर पूनावालाले भारतमा आगामी जनवरीदेखि कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप कार्यक्रम सुरु हुन सक्ने बताएका छन् । सेरम इन्स्टिच्युटले अहिले भारतमा अक्सफोर्ड युनिभर्सिटी र एक्स्ट्राजेनेकाले संयुक्तरुपमा विकास गरेको खोप उत्पादन तथा परीक्षणको काम गरिरहेको छ । यो खोपले भारतमा यस महिनाको अन्तिमसम्ममा अनुमति पाउने अपेक्षा छ ।

सेरमका सीईओ पूनावालाले इकोनोमिक टाइम्स ग्लोबल बिजनेस समिटमा बोल्दै सन् २०२१ को अक्टोबरसम्ममा भारतका सबै मानिसले कोरोना खोप पाउने विश्वास व्यक्त गरे । त्यसपछि मानिसहरु सामान्य जनजीवनमा फर्किन सक्ने उनको भनाइ छ । उनले भने, ‘एकपटक २० प्रतिशत मानिसहरुले कोरोना खोप लगाएपछि मानिसहरुमा मनोबल उच्च हुन्छ र मानिसहरु सामान्य अवस्थामा फर्किन थाल्नेछन् । अर्को वर्षको सेप्टेम्बर–अक्टोबरसम्म सबै मानिसमा खोप पुग्ने र त्यसपछि जनजीवन सामान्य अवस्थामा फर्किने अपेक्षा छ ।’

अहिलेसम्म भारतमा ९८ लाखभन्दा धेरै कोरोना संक्रमित फेला परिसकेका छन् भने एक लाख ४३ हजारभन्दा धेरैको कोरोनाबाट मृत्यु भइसकेको छ ।

स्रोत : इन्डियन एक्सप्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment