Comments Add Comment

जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको आफ्नै कभर्डहल बन्ने

३० मंसिर, काठमाडौं । जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको आफ्नै कभर्डहल बन्ने भएको छ । बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा बन्न लागेको कभर्डहलको मंगलबार बिहान शिलान्यास गरिएको छ ।

मंगलबार बिहान ललितपुर महानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नारायण केसी, वडा नम्बर १३ का गणेश केसी र प्रशिक्षण केन्द्रका अध्यक्ष माधव खड्काले संयुक्त रुपमा कभर्डहलको शिलन्यास गरेका हुन्।

प्रशिक्षण केन्द्रको कभर्डहल निर्माणमा बागमती प्रदेश सरकारको आर्थिक सहयोग गर्नेछ । बागमती प्रदेश सरकारले त्यसका लागि २ करोड ४७ लाख बजेट छुट्याइएको छ ।

औपचारिक रुपमा शिलान्यास भएको कभर्डहल अर्को वर्ष वैशाखसम्म निर्माण सम्पन्न गसिसक्ने योजनासहित काम अघि बढिसकेको प्रशिक्षण केन्द्रले जनाएको छ ।

शिलान्यास कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) की बोर्ड सदस्य इन्दीरा निरौला, भलिबल प्रशिक्षक कपिल किशोर श्रेष्ठ, महिला भलिबल खेलाडी अन्जु श्रेष्ठ लगायतको सहभागीता थियो ।

विस २०५० सालमा स्थापना भएको जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले पुरुष तथा महिला राष्ट्रिय खेलाडी उत्पादनमा पनि सहयोग पुर्‍याउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment