Comments Add Comment

उखु किसानको आन्दोलनमा नेविसंघको एक्यवद्धता

३० मंसिर, काठमाडौं । उखु किसानको आन्दोलनप्रति नेपाल विद्यार्थी संघ (नेविसंघ)ले एक्यवद्धता जनाएको छ । चिनी मिल सञ्चालकबाट उठ्न बाँकी बक्यौता असुल गराइदिन माग गर्दै माइतीघर मण्डलामा आन्दोलनरत किसानका माग तत्काल सम्बोधन गर्न माग गर्दै नेविसंघले एक्यवद्धता जनाएको हो ।

मंगलबार केन्द्रीय कमिटीका पदाधिकारीसहति माइतीघर पुगेर नेविसंघले किसानको आन्दोलनलाई साथ दिएको हो । नेविसंघ आवद्ध विद्यार्थीहरु ‘किसान मार्न पाइँदैन’, ‘किसानका माग पूरा गर’, ‘सरकार किसानलाई बाँच्न देऊ’ लगायतका पम्पलेटसहित किसानको आन्दोलनमा सहभागी भएका हुन् ।

उखु किसानका जायजमाग पूरा गर्न दबाब दिन आफूहरु आन्दोलनमा सहभागी भएर एक्यवद्धता जनाएको नेविसंघ महामन्त्री दीपक भट्टराईले बताए ।

बक्यौता रकम असुल गरिदिने सरकारको बाचा पूरा नभएपछि उखु किसानले पुन: काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment