Comments Add Comment

ब्याजदर घट्यो, तर मख्ख हुन सकिँदैन : मिनमान श्रेष्ठ

कार्यक्रम समापन पछि सामुहिक तस्विर खिचाउदै जग्गा तथा आवास विकास संघका पदाधिकारीका साथमा महासंघको कार्यसमिति

१ पुस, काठमाडौं । जग्गा तथा आवास विकास संघका अध्यक्ष मिनमान श्रेष्ठले बैंकको ब्याजदर घट्यो भनेर मख्ख पर्न नहुने बताएका छन् । बैंकहरुले अहिले ब्याजदर घटाए पनि यो लामो समय भने रहन नसक्ने उनको भनाइ छ ।

मंगलबार नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई दिनका लागि आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले ब्याजदर स्थिर बनाउन लागिपर्नु पर्ने बताएका हुन् ।

‘अहिलेे कर्जाको ब्याजदर निकै घटेको छ, यो राम्रो कुरा हो’ महासंघका नवनिर्वाचित केन्द्रीय सदस्यसमेत रहेका उनले भने, ‘तर यो सँधैका लागि होइन, हामीले मख्ख पर्ने होइन स्थिर बनाउनका लागि भूमिका खेल्नु पर्ने हुन्छ ।’

कोरोना भाइरसका कारण व्यापार व्यवसाय ठप्प हुँदा बैंकमा लगानी योग्य रकम (तरलता) रहेको छ । कर्जाको माग कम आउँदा तरलता बढेको र ब्याजदर घटेको अवस्था छ । पर्याप्त तरलता रहदा मात्रै ब्याजदर ठिक हुने भन्दै अध्यक्ष श्रेष्ठले केही समयमा नै बैंकको ब्याज बढ्न सक्ने बताए ।

उनले बैंकहरुले कर्पोरेट निक्षेपलाई ब्याजदर अत्यन्तै कम दिएको र भोलि ब्याज नै नदिने अवस्था आउन सक्ने यसतर्फ पनि महासंघको नेतृत्वले ध्यान दिनु पर्ने उनको भनाइ छ । अहिले जग्गा खरिदका लागि बैंकहरुले ४० प्रतिशतमात्रै फाइनान्स गर्ने गरेका छन् ।

केन्द्रीय बैंकले अनुत्पादक क्षेत्रमा धेरै कर्जा गएको भन्दै त्यसलाई रोक्न घरजग्गामा जाने कर्जामा कडाइ गरेको थियो ।

अध्यक्ष श्रेष्ठले ल्याण्ड पर्चेज लोनमा भइरहेको फाइनान्सीङ सुविधाका विषयमा समेत आपत्ति जनाए । ‘अन्य क्षेत्रमा जाने कर्जा त्यहीँ धितो राख्दा पनि ७० देखि ८० प्रतिशतसम्म ऋण पाइने अनि जग्गामा जाने चाहिँ किन ४० प्रतिशतमात्रै ?’ उनले प्रश्न गरे । घरजग्गा व्यवसायलाई राष्ट्र बैंकले अन्याय गरेको उनको भनाइ छ ।

राज्यले करको दरमा पनि व्यवसायीलाई अन्याय गरेको उनले बताए । सामान्य मान्छेले एक हजार रुपैयाँ तिरे पुग्ने करमा व्यवसायीहरुले एक लाखसम्म तिर्नु परेको उनको गुनासो छ । संयुक्त आवास क्षेत्रमा रहेको खुला जग्गा (ओपन स्पेस) को पनि आवासु व्यवसायीहरुले वर्षौदेखि कर तिरिरहनु परेको भन्दै त्यसको कर सोही ठाउँका बासिन्दाहरुको कमिटिले तिर्नुपर्ने व्यवस्था गर्नुपर्ने उनको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment