+
+
Shares

अमेरिकामा पनि फाइजरको कोरोना खोप लगाउनेलाई एलर्जीको समस्या

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २ गते १४:४६

२ पुस, काठमाडौं । अमेरिकाको अलास्कामा फाइजर र बायोएनटेकले निर्माण गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएका एक स्वास्थ्यकर्मीमा गम्भीर किसिमको एलर्जीको समस्या देखिएको छ । यद्यपि उनको अवस्था अहिले स्थिर रहेको सार्वजनिक स्वास्थ्य अधिकारीहरुले बताएका छन् । बुधबार अधिकारीहरुले दिएको जानकारीअनुसार मंगलबार खोप लिएको केही मिनेटपछि नै स्वास्थ्यकर्मीमा नकारात्मक असर देखिएको थियो ।

यसअघि बेलायतमा पनि फाइजरको खोप लिएका मानिसहरुलाई एलर्जीको समस्या देखिएको थियो । बेलायतका मेडिकल नियामकले यसअघि नै एलर्जीको समस्या भएका मानिसहरुलाई यो खोप नलिन सुझाव दिइसकेको छ । अमेरिकाको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए)ले भने एलर्जीको समस्या भएका मानिसहरुलाई पनि यो खोप सुरक्षित रहेको बताएको छ ।

अहिले एलर्जीको समस्या देखिएका स्वास्थ्यकर्मीलाई पनि यसअघि एलर्जीको कुनै पनि समस्या देखिएको भने थिएन । एफडीएका पूर्व प्रमुख वैज्ञानिक जेसे गूडम्यानले एलर्जीको समस्या सोचनीय विषय बनेको तर यसको जोखिमबारे थप अध्ययन जरुरी रहेको बताएका छन् ।

स्रोत : रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?