Comments Add Comment

राष्ट्रिय परिचय पत्रका लागि धनुषा प्रशासनको नयाँ ढाँचा : बार अनुसार सेवा प्रवाह गर्ने 

२ पुस, जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले राष्ट्रिय परिचय पत्र विवरण दर्ता संकलनका लागि नयाँ ढाँचा तयार गरेको छ । । हप्ताको सातै दिन विभिन्न स्थानीय तहलाई राष्ट्रिय परिचय पत्रका सेवाहरु उपलब्ध गराउने भन्दै जिल्ला प्रशासन कार्यालयले तालिका बनाएर सेवा प्रवाह गर्ने जनाएको छ ।

जस अनुसार आइतबार हंसपुर, धनुषाधाम र विदेह नगरपालिकाका सेवाग्राहीलाई, सोमबार नगराइन, सबैला र गणेशमान चारनाथ नगरपालिकाका सेवाग्राहीलाई सेवा दिइनेछ ।

मंगलबार जनकपुरधाम उपमहानगरपालिका, मिथिला बिहारी र क्षिरेश्वरनाथ नगरपालिकाका सेवाग्राहीलाई, बुधबार जनकनन्दनी, लक्ष्मिनियाँ र औरही गाउँपालिका, बिहीबार जनकपुरधाम उपमहानगरपालिका, मुखियापट्टी र बटेश्वर गाउँपालिका तथा शुक्रबार कमला, शहीदनगर र मिथिला नगरपालिका तथा धनाौजी गाउँपालिकाका सेवाग्राहीलाई सेवा दिइने उक्त कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषामा अत्यधीक भींड लाग्ने गर्दछ । सेवा लिन आएका सेवाग्राही बिना मास्ककै टाँसिएर लाइनमा लाग्ने गरेका छन् । भौतिक दूरी कायम गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारण गरेका मापदण्डहरु अपनाएर सेवा प्रवाह गर्नुपर्नेमा यो कार्यालयमा त्यस्तो देखिएको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment